बलात्कारका आरोपी पूर्पक्षका लागि कारागार चलान

बलात्कारका आरोपी पूर्पक्षका लागि कारागार चलान

जनकपुरधाम : गत जेठ १६ गते भएको सामूहिक बलात्कारका घटनाका आरोपीलाई अदालतले कारागार चलान गरेको छ । जिल्ला अदालत धनुषाको ईजलाश नं. २ का न्यायधिश धु्रव प्रसाद वाँस्कोटाको एकल इजलाशले धनुषाको धनुषाधाम नगरपालिका २ काशीपुरका २८ वर्षीय श्याम साहलाई पूर्पक्षका लागि सुनसरीस्थित झुमका कारगा चलान गरेको छ । 

अन्दाजी २५ वर्षीया महिलालाई डाँका हाली सरसामान लुटेर बलत्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धनुषाधामले गत जेष्ठ १७ गते पक्राउ गरेको थियो । प्रहरीले अरोपितलाई अदालतमा पेश गरेकोमा अदालतले जरबजस्ती करणी र डाँका मुद्दाको थुनछेक बहसबाट थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षकले जनाएका छन् । इलाका प्रहरी कार्यालय धनुषाधाममा पीडितले दिएको उजूरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा दर्ता गरी कारवाही अगाडी बढाएको थियो । 

धनुषाधाम नगरपालिकास्थित घरमा सुतिरहेको अवस्थामा ०७८ जेष्ठ १६ गते राति आरोपितले सामूहिक बलात्कार गरेको थियो । पीडितका अनुसार चिनजानका आरोपितले घरको ढोका फोडेर घिसार्दै, लच्छारपछार गर्दै घर नजिकैको बारीमा लगेर बलात्कार गरेको थिए । 

अरोपितले पीडितलाई नियन्त्रणमा लिइ डर, धाक, धम्की देखाइ अनुचित प्रभावमा पारी मुख थुनी, भाग्न उम्कन, रुन कराउन नदिइ बलात्कार गरेको र कसैलाई भने ज्यान मार्ने डर, धाक दिएको उजूरीमा उल्लेख छ ।

  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.