दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति जुमालाई १५ महिनाको जेल सजाय
केपटाउन: दक्षिण अफ्रिकाको उच्च अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमाविरुद्ध अदालतको अवहेलना गरेको अभियोगमा १५ महिनाको जेल सजाय सुनाएको छ ।
"संवैधानिक अदालतले केही गर्न सक्दैन तर जुमा अदालत अवहेलनाको अपराधमा दोषी छन् भन्ने निष्कर्षमा पुग्छ," न्यायाधीश सिसी खाम्पेपेले मंगलबारको फैसलापछि भनेकी छन् ।
७९ वर्षीय जुमा ९ वर्षसम्म पदमा रहँदा राज्यकोषको दुरुपयोग गरेको तथा लुट मच्चाएको अभियोग लागेको थियो । न्यायाधीश सिसीले जुमा आफ्नो गल्तीमा दण्डित हुने प्रतिक्रिया दिइन् । जुमालाई जेल पठाउँदा कानूनको शासन र न्यायको प्रशासनको सन्देश प्रवाह हुने बताएकी छन् ।
२०१८ मा पदबाट बाहिरिनुअघि जुमा आफैँले अदालतमा न्यायाधीशहरु नियुक्ति गरेका थिए । तर उनले २०१९ मा एक पटक मात्रै वयान दिएका थिए । तर त्यसपछिका अन्य भ्रष्टाचार मुद्दामा पनि अदालतले उपस्थित हुन गरेका धेरै आदेश
अस्वीकार गरेका थिए ।
पूर्वराष्ट्रपति जुमा भ्रष्टाचार सहित छुट्टाछुट्टै १६ वटा मुद्दाको सामना गरिरहेका छन् । तीमध्ये केही मुद्दामा अर्बौँ डलर हिनामिना गरेको आरोप समेत उनीमाथि छ ।