सहकारीको रकम हिनामिना गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी

सहकारीको रकम हिनामिना गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी

दाङ : राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना देउखुरी क्षेत्रस्थित एक सहकारीको रकम हिनामिना घटनामा तानिएका छन्। कर्मचारीले गरेको रकम हिनामिनालाई नियमन नगरेको आरोपमा अध्यक्ष सुवेदीसहित २० जनाका नाममा मंगलबार पक्राउ पुर्जी जारी गरिएको दाङ जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताए। 

२५ जनामध्ये फरार २० जनालाई पक्राउ गरेर अदालतमा पेस गर्न आदेश जारी भएको  उनले बताए। ३५ दिने म्याद पक्राउ पुर्जीको म्याद जारी भएको हुँदा प्रतिवादी २० जनालाई प्रहरीले जतिखेर पनि पक्राउ गर्न सक्ने गिरीले बताए। 

देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिना गरेको भन्दै सहकारी सदस्यहरूले कर्मचारी र पदाधिकारीसहित २५ जनालाई प्रतिवादी बनाई अदालतमा मुद्दा दायर गरेका थिए। यसअघि सहकारी संस्थाका चार जना कर्मचारीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ। एक जना कर्मचारीकी श्रीमतीलाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ।  सहकारीका तत्कालीन सहलेखापाल विक्रम राना थुनामा छन्। 

गाउँपालिकाका अध्यक्ष सुवेदीले सहकारीमा कुनै पनि पदीय जिम्मेवारी नभएको भन्दै निर्दोष रहेको बताउँदै आएका छन्। तर उनी महाप्रभु बचत तथा ऋण सहकारीको २०७१ देखि २०७४ सम्म लेखा समिति संयोजक थिए। त्यतिबेलेकै हिसाब नमिलेपछि उनी मुछिएका हुन्। गत पुस २३ गते हरियाली, जनजीविका र बिहानी र महाप्रभु मर्ज भई देउखुरी बचत तथा ऋण सहकारी बनेको थियो। मर्ज घोषणा भए पनि महाप्रभुको हिसाब नमिलेकाले त्यही भवनभित्र छुट्टै कार्यालय राखिएको छ। सुवेदी २०७४ सालदेखि सहकारीमा आबद्ध नरहेको बताएका छन्। तर रकम हिनामिनाको अनुसन्धानमा पूर्ण रूपमा सघाउने उनले बताए।

अध्यक्ष सुवेदीले आफैं अदालतमा उपस्थित हुने र सत्यतथ्य अनुसन्धानमा सघाउने बताएका छन्। दोषीलाई हदैसम्मको कानुनी कारबाहीका लागि स्थानीय जनप्रतिनिधिको प्रमुखको हैसियतले आफूले कुनै कसुर बाँकी नराख्नेसमेत उनको भनाइ छ। लेखा संयोजक हुँदा कर्मचारीलाई नियमन नगरेको हुँदा पदीय जिम्मेवारी निर्वाह गर्न नसकेकोले उनी पनि घटनामा मुछिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा अधिकृत मोहनजंग बुढा थापाले बताए। हिनामिनाको घटना भने सहकारी मर्ज भइसके पछि मात्रै सार्वजनिक भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.