दुर्गममा कोरोना संक्रमण फैलिदो, तमानखोलाका पाँचजना स्वास्थ्यकर्मीमा संक्रमण

दुर्गममा कोरोना संक्रमण फैलिदो, तमानखोलाका पाँचजना स्वास्थ्यकर्मीमा संक्रमण

बागलुङ : जिल्लाको सबै भन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा फेरि कोरोना संक्रमणको बढेको छ । दोस्रो भेरियन्टको तीब्र लहर चले पनि दुई साता अगाडि सम्म शून्य संक्रमित भएको तमानखोलामा पछिल्लो एक सातामै सक्रिय संक्रमितको संख्या ४५ पुगेको छ । 

एकै पटक स्वास्थ्यकर्मीसहित ठूलो संख्यामा संक्रमित थपिएपछि कोरोना संक्रमित र अन्य स्थानीय सेवाग्राहीको उपचारमा समस्या देखिएको छ ।  गाउँपालिकामा अहिले ४५ सक्रिय संक्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले बताए । 

गाउँपालिकाका पाँचजना स्वास्थ्यकर्मी, एक कार्यालय सहयोगी समेत संक्रमित भएर होम आइसोलेशनमा रहेको छन्त्यालले जानकारी दिए।  सिमित जनशक्ति भएको पालिकामा एकै पटक पाँच स्वास्थ्यकर्मी संक्रमित हुँदा कन्ट्रयाक टेसिङ र उपचारमा समस्या आएको पालिकाले जनाएको छ ।

‘सिमित स्वास्थ्यकर्मी थियौँ, त्यसमध्ये पाँचजनाको कोभिड पोजेटिभ आएर होम आइसोलेशनमा हुनुहुन्छ, उहाँहरु नै कन्ट्रयाक ट्रेसिङलगायत अन्य कार्यमा संलग्न हुनुहुन्थ्यो, उहाँहरु संक्रमित भएपछि विभिन्न वडाका स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी लिएर काम गरिरहेका छौं,’ स्वास्थ्य शाखा संयोजक छन्त्यालले भने, ‘अहिले त जसोतसो व्यवस्थापनमा जुटेका छौँ, संक्रमित थपिँदै गए समस्या पर्ने देखिन्छ ।’

स्वास्थ्यकर्मी संक्रमित बनेपछि वडाका स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीलाई झिकाएर कोरोना नियन्त्रणमा जुट्दा अन्य बिरामीको उपचारमा समेत समस्या देखिएको छ । संक्रमितमध्ये अधिकांश बोङ्गादोभान बजारका छन् । 

बोङ्गादोभान बजार गाउँपालिकाको केन्द्र समेत भएको र नागरिकहरुको आवतआवत बढी हुने भएको हुँदा संक्रमण फैलिएको छ । ४५ जना मध्ये एक जना वडा नम्बर ४ लामेला र अन्य ४४ जना बोङ्गादोभान बजारको रहेको छन्त्यालले बताए । 

कोरोना संक्रमणको दर पुनः बढ्न थालेपछि बोङ्गादोभान बजार एक साताको लागि बन्द गरिएको छ । बजारका होटल व्यवसाय बन्द गरे पनि गाउँपालिकाका कार्यालय र बैंक भने संचालनमा रहेको उनको भनाई छ । असार मसान्त नजिकिए सँगै योजानका भुक्तानी गर्नु पर्ने हुँदा बैंक तथा कार्यालय खुल्ला रहेको छन्त्यालले बताए । 

‘संक्रमणको दर ह्वात्तै बढेको छ, संक्रमण नियन्त्रण गर्न बजार क्षेत्र बन्द गरिएको छ, तर बैंक भने खुल्लै छ, असार मसान्त लाग्न थाल्यो, योजनाको भुक्तानीहरु गर्नु पर्ने भएकाले थप संक्रमण फैलिने जोखिम छ, तर पनि व्यवस्थित गराउने प्रयासमा छौँ,’ छन्त्यालले भने, ‘यो बेला सबै बन्द गरेर नियन्त्रणमा जुट्नु पर्ने हो तर समय पनि त्यस्तै भयो ।’

स्वास्थ्य संयोजक छन्त्यालले सिकिस्त बिरामी परेपछि मात्रै नागरिकहरु परीक्षण गर्न आउँदा संक्रमितको संख्या बढ्न थालेको बताए । ‘खासगरी नागरिकहरुको लापराहीका कारण संक्रमण बढ्न थालेको हो, उहाँहरुले सरकारले निर्देश गरेको स्वास्थ्य मापदण्डलाई पालना नगर्नु, स्वास्थ्यमा जटिल समस्या नआँदासम्म घरमै बस्ने गर्दा संक्रमण फैलिन थालेको हो, सबैले समयमै स्वास्थ्य परीक्षण र सजगता अपनाउन सके संक्रमण नियन्त्रण गर्न सहज हुने थियो’ उनले भने, ‘अहिले थोरै संक्रमित छौँ तरपनि हामी निरन्तर संक्रमण नियन्त्रणमा लागिरहेका छौँ ।’

संक्रमित मध्ये ५ जना बोङ्गादोभान स्वास्थ्यचौकीमा, एकजना पोखरा र अन्य होम आइसोलेशनमा छन् । बोङ्गादोभान स्वास्थ्यचौकीमा उपचाररत ५ जना मध्ये तीन जनलाई अक्सिजन सहायता दिएर राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.