चीन कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाउँदै

चीन कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाउँदै

चीनले सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्ष पुगेको उत्सव मनाइरहेको छ। यस उपलक्ष्यमा चीनको राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरिएको हो । उक्त समारोहमा  झाँकी, विभिन्न परेड तथा अन्य प्रदर्शनीहरूका साथै सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी पनि समावेश थिए। 

चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ।

हङकङले पनि उही मितिमा गरेको हस्तान्तरणको वर्षगाँठ मनाउँदैछ। सन् १९२१ मा स्थापना भएको चीनको कम्युनिस्ट पार्टी एउटा लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो। त्यो समयमा देशमा व्यापक परिवर्तनहरू भए तर केही त्यस्ता परिवर्तनहरू भने स्पष्ट रूपमा देखिनेगरी हटाइएको छ।

सोमवार, बेइजिङस्थित बर्डस् नेस्ट रङ्गशालामा द ग्रेट जर्नी नाम दिइएको कला देखाइएको थियो। उक्त प्रदर्शनमा कलाकारहरूले पार्टी र देशको इतिहास झल्काउने खालका पहिरन लगाएका थिए र साजसज्जा पनि त्यस्तै खालको थियो। 

तर कल्चरल रिभोलुसन अर्थात् सांस्कृतिक क्रान्ति, १९८९ तियानआनमेन स्क्वाएर प्रदर्शन र हङकङका प्रजातन्त्र समर्थकको प्रदर्शनहरू जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू भने नरहेको एएफपी समाचार संस्थाले जनाएको छ।

एप्रिलयता, चीनमा प्रोपोगाण्डा चलचित्रहरू देखाउन निर्देशन दिइएको छ। 'रेड फिल्मस्' भनिने ती चलचित्र सातामा कम्तीमा दुईपटक देखाइन्छ। यसैबीच, वार्षिकोत्सव मनाउन वर्षैभरि प्रसारणका लागि १०० टेलिभिजन कार्यक्रमहरूको मितिहरू तय भइसकेको छ।

चीनको उपलब्धिहरूको प्रशंसा गर्ने १०० प्रतिशत भनिने गीत पनि सार्वजनिक गरिएको छ जसमा १०० गायकहरू रहेका छन्। 

विज्ञहरूका अनुसार पार्टी र देशको इतिहासलाई प्राथमिकता दिएर उत्सवहरू मनाइरहँदा, सीसीपीले चीनको तीव्र विकासलाई पनि पर्यायका रूपमा देखाउन खोजेको देखिन्छ।

१०० वर्षको उत्सव 'स्पष्ट रुपमा पार्टीका लागि एउटा महत्त्वपूर्ण क्षण हो र तामझामसँग पूरा योजना पनि गरिएको छ,' द इकोनोमिष्ट इन्टेलिजेन्सका टम राफर्टीले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.