जोखिममा रहेका नागरिकलाई कोरोनाको तेस्रो खोप दिँदै बेलायत सरकार

जोखिममा रहेका नागरिकलाई कोरोनाको तेस्रो खोप दिँदै बेलायत सरकार

लण्डन: बेलायतमा कोरोना विरुद्धको दोस्रो खोप लगाएका नागरिकहरुलाई तेस्रो डोज खोप उपलब्ध गराइने भएको छ ।

बेलायत सरकारले जाडो मौसम सुरु हुनुअघि नै सेप्टेम्बरदेखि जोखिममा रहेका दशौँ लाख नागरिकलाई खोप उपलब्ध गराउने तयारी गरेको छ ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई नयाँ खोप विस्तार कार्यक्रम अघि बढाउन सरकारले अनुमति दिएको बताइएको बेलायती मिडियाले जनाएका छन् । स्वास्थ्य तथा सामाजिक हेरचाह सेक्रेटरी साजिद जाभिदका अनुसार सेप्टेम्बरदेखि खोप दिने तयारी स्वरुप मन्त्रीहरुले एनएचएससँग मिलेर तिब्र गतिमा काम गरिरहेका छन् ।

"हाम्रो पहिलो कोभिड खोप कार्यक्रमले यस देशमा स्वतन्त्रता स्थापना गरिरहेको छ । र हाम्रो खोप विस्तार कार्यक्रमले स्वतन्त्रता रक्षा गर्नेछ," जाभिदले भनेका छन् ।

बेलायती अधिकारीहरुका अनुसार ८५ प्रतिशत वयस्कहरुले पहिलो खोप र ६२ प्रतिशत वयस्कले देस्रो खोप प्राप्त गरिसकेका छन् । र उनीहरुले खोप कार्यक्रमले सफलता पाएको बताएका छन् ।

अब जाडो मौसममा नयाँ भेरिएन्ट फैलन सक्ने भन्दै खोपलाई तिब्र रुपमा विस्तार गर्ने कार्यक्रम सरकारले अघि सारेको हो । खोप विज्ञहरुले भने ३ करोड अति जोखिममा रहेका नागरिकहरुलाई खोपको तेस्रो डोज आवश्यक परेको सुझाव दिएका छन् ।

बेलायतमा बुधबार २६ हजार ६८ जना कोरोना संक्रमित थपिएका छन् । जुन जनवरी २९ यता दैनिक संक्रमितको संख्यामा सबैभन्दा उच्च हो । हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या ४८ लाख ९ सय ७ छ । साथै १ लाख २८ हजार १ सय ४० संक्रमितको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.