चिनियाँ राष्ट्रपतिको दावी: कम्युनिस्ट पार्टी विना नयाँ चीन सम्भव छैन !

चिनियाँ राष्ट्रपतिको दावी: कम्युनिस्ट पार्टी विना नयाँ चीन सम्भव छैन !

बेइजिङ: चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको उदय ऐतिहासिक अपरिहार्यता भएको भन्दै अब चीन विदेशीबाट दमन, उत्पीडन र दबाबमा नपर्ने चेतावनी दिएका छन् ।

बिहीबार चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीको १००औं स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै राष्ट्रपति सी ले यस्तो बताएका हुन् ।

सत वार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सिले १०० वर्षको अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीले सबै चिनियाँहरुलाई एकताबद्ध गर्दै चीनको महान पुनर्जागरणको नेतृत्व गरेको बताए ।

यसबीचमा चिनियाँ कम्युनिस्ट पार्टीले जनगणतान्त्रिक क्रान्ति सम्पन्न, स्वाधीनतासहित समाजवादी क्रान्ति एवं निर्माण, सुधारसहित समाजवादी आधुनिकीकरण र चिनियाँ विशेषताको समाजवाद निर्माण गरी चार महान उपलब्धि हासिल गरेको पनि उनले बताए ।

कम्युनिस्ट पार्टीको महासचिव समेत रहेका राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीले मार्क्सवादलाई चिनियाँ परिवेश अनुसार लागू गर्ने बताए । यस्तै विश्व शान्तिको रक्षा, विश्वव्यापी विकासप्रति योगदान र अन्तर्राष्ट्रिय प्रणाली प्रवर्द्धनका लागि चीन सधैँ क्रियाशील रहेको उनको प्रतिवद्धता छ।

सत वार्षिकी समारोहमा तियानमेन स्क्वायरमा बिहीबार नेता सी ले कडा रुपमा राष्ट्रवादी भाषण गरेका थिए । यस क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीले मात्रै स्थायित्व कायम गर्नसक्ने र कुनै पनि विभाजनका विदेशी प्रयासलाई यस पार्टीले सहजै विफल पार्नसक्ने दावी गरेका थिए ।

"कम्युनिस्ट पार्टी विना नयाँ चीन सम्भव छैन," नेता सी ले भने । सत वार्षिकी समारोहमा राजधानी बेइजिङमा भव्य रुपमा देशभक्तिपूर्ण गीत संगीत बजाउनुका साथै विभिन्न सरकारी अधिकारीहरुले राष्ट्रवादी भाषण गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टी १९२१ को जुलाइमा सांघाइस्थित एउटा सानो इटाको फ्रेन्च सुविधा घरमा एक दर्जन जति प्रतिनिधिहरुले गोप्य रुपमा स्थापना गरेका थिए । लामो गृहयुद्धपछि कम्युनिस्ट पार्टी ७२ वर्षअघि सत्तामा पुगेको थियो। त्यसबेला देशमा व्यापक परिवर्तन भए ।

यद्यपि कम्युनिस्ट पार्टीको संस्थापक तथा पूर्व अध्यक्ष माओ त्सेतुङको शासनकालमा चीन ठूलो भोकमरी, गरिबी र राजनीतिक संकटको सामना गरिरहेको थियो । यस क्रममा लाखौँ मान्छे मारिएका थिए । जुन घटनालाई लिएर चीनको आलोचना हुने गरेको छ ।

वर्तमान विश्व समुदायमा चीन दोस्रो ठूलो अर्थतन्त्र भएको देशको रुपमा स्थापित भएको छ । र यसको तिब्र आर्थिक विकासले गर्दा ठूलो अर्थतन्त्र भएको अमेरिकालाई पनि निकट भविष्यमा उछिन्ने विश्लेषण हुने गर्छ ।

पछिल्ला वर्षमा चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.