बाम्का बजारमा बाढी : २ पसल बगायो, दर्जन बढी जोखिममा

बाम्का बजारमा बाढी  : २ पसल बगायो, दर्जन बढी जोखिममा

बाजुरा : बिहीबार राति आएको अबिरल बर्षाका कारण बुढीगंगा नगरपालिका- ६ बाम्का बजारमा ठुलो क्षति भएको छ। बाम्का बजार छेउको छडा खोलाले कटान गर्दा दुई पसल बगाएको बार्जुगाड प्रहरी चौकीको सई रामबहादुर थापाले जानकारी दिए। उनका अनुसार एक दर्जनभन्दा बढी पसलभित्र पानी माटो सपेर ठुलो क्षती भएको छ।

बाम्का बजारमा होटेल व्यवसाय गर्दै आएका त्रिबेणी नगरपालिका लोकेश नाथ र सोही नगरपालिकाका ग्यारेज पसल सञ्चालन गर्दै आएका मन थापाको पसल बगाएको हो।छडा खोलाले कटान गर्दा पसलको पछाडिको भाग भत्किएको छ। 

त्यसैगरी गजेन्द्र शाहको हाववर्यर, राजेश साउदको मोटरसाइकल ग्यारेजलगायत दर्जन बढी पसमा पानी पसेर क्षती भएको सई थापाले जनाए। 

पसलमा पानी पसेर सिमेन्ट, दैनिक उपभोग्य सामान मोटरसाइकल मर्मतका पाटपूर्जा, टायर लगायत धेरै सामग्री बगाएको छ।क्षतिको विवरण संकलन भइरहेको  बार्जुगाड प्रहरी चौकीका सई थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.