अफगानिस्तानमा तालिबान प्रभाव बढिरहँदा सेना फिर्ता गर्दैछ अमेरिका

अफगानिस्तानमा तालिबान प्रभाव बढिरहँदा सेना फिर्ता गर्दैछ अमेरिका

काबुल: अमेरिकाले अफगानिस्तानस्थित तालिबानी समूहलाई हटाउन र अलकायदा लडाकुको खोजी गर्न केन्द्रको रुपमा स्थापना गरेको बग्राम सैन्य फौज झण्डै २० वर्षपछि फिर्ता गरेको छ ।

अमेरिकामाथि अलकायदाले गरेको सेप्टेम्बर ११ को हमलापछि अमेरिकाले अफगानिस्तानको बग्राममा उक्त फौज स्थापना गरेको थियो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उक्त 'एयरबेस' अफगानिस्तानको राष्ट्रिय सुरक्षा बललाई हस्तान्तरण गरिँदैछ ।

अफगानिस्तानका अधिकारीले शनिबार औपचारिक रुपमा उक्त एयरबेस हस्तान्तरण गरिने बताएका छन् । अफगानिस्तानमा युद्धको उत्कर्षका बेला अमेरिकाले १ लाख भन्दा धेरै सेना यस क्षेत्रमा तैनाथ गरेको थियो ।

यससँगै आगामी सेप्टेम्बर ११ सम्म अमेरिकाले आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गरिसक्ने प्रतिवद्धता पूरा गर्ने संकेत देखिएको बताइन्छ । जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सेप्टेम्बरसम्म सबै सेना फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यद्यपि अमेरिकी सेनाले अफगानिस्तान छाड्ने अन्तिम दिन कहिले हो भन्ने प्रश्नको जवाफ दिएको छैन । सुरक्षा चासोका कारण यसबारे प्रतिक्रिया नदिएको अमेरिकी तर्क छ ।

अमेरिकी जनरल मिलरले भने यसै साता चेतावनी दिए कि, निरन्तर हिंसाले अफगानिस्तानमा गृहयुद्धको जोखिम निम्त्याउँछ । जसले गर्दा विश्वलाई नै चिन्तित बनाउने उनको भनाइ थियो ।

गत महिना जो बाइडेनले उनका अफगान समकक्षी अशरफ घानीसँगको भेटपछि भनेका थिए, “अफगानहरु के चाहन्छन्, उनीहरु आफैँले भविष्यको फैसला गर्नुपर्ने छ”।

तर तालिकान समूह राजधानी काबुलको ढोकैमा रहेका बेला अमेरिकी सेना फिर्ता हुन लागेको टिप्पणी समेत भएको छ । अमेरिकीहरु त्यस्तो बेलामा फिर्ता हुँदैछन् जुन बेलामा देशका ८० भन्दा बढी जिल्लाहरु तालिबान समूहले कब्जामा लिइराखेको छ ।

साथै यही वर्षको जुन महिना पछिल्लो दुई दशकको अवधिमा अफगान फौजका लागि सबैभन्दा घातक महिनाको रुपमा परिणत भयो । यस आधारमा पनि केही विश्लेषकहरुले अमेरिकी सेना फिर्ताको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

अमेरिकी फौज फिर्ता प्रक्रियालाई उनीहरुले 'गैरजिम्मेवार वहिर्गमन'को संज्ञा समेत दिएका छन् । अन्तर अफगान शान्ति सम्झौता निष्कर्षमा नपुग्दै अमेरिकी सेना फिर्ता गर्न नहुने उनीहरुको तर्क छ । यदी उनीहरु यस्तो अवस्थामा फिर्ता भए अफगानिस्तान गृहयुद्धमा फस्ने उन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.