भारतमा कोरोनाबाट ४ लाखको मृत्यु: तर तथ्यांक भन्दा धेरै भएको दावी

भारतमा कोरोनाबाट ४ लाखको मृत्यु: तर तथ्यांक भन्दा धेरै भएको दावी

नयाँदिल्ली: भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघिसकेको छ ।

तीमध्ये २ लाखको दोस्रो लहरको क्रममा केही महिनाअघि मात्रै मृत्यु भएको हो । हालसम्म भारतमा ३ करोड भन्दा धेरै कोरोनाबाट संक्रमित भइसकेका छन् ।

भारतमा कोरोना महामारी यसै वर्षको सुरुदेखि तिब्र रुपमा फैलिएको थियो । यससँगै भारत कोरोनाबाट अमेरिकापछि दोस्रो धेरै प्रभावित हुने देशको सूचीमा परेको छ । अमेरिकामा भने संक्रमितको संख्या ३ करोड ३० लाख पुगेको छ । साथै मृत्यु हुनेको संख्या ६ लाख ४ हजार पुगेको छ ।

यस्तै ब्राजिलमा भने कोरोनाबाट ५ लाख १८ हजारको मृत्यु भएको छ । यस क्रममा भारत दोस्रो ठूलो प्रभावित देश बनेको छ । जहाँ हाल प्रत्येक २४ घण्टामा ८५३ जनाको मृत्यु भएको छ । यसरी पछिल्लो ३९ दिनमा १ लाखको मृत्यु भयो ।

'तथ्यांक भन्दा मृतकको संख्या बढी छ'

तर स्वास्थ्य विज्ञहरुले भने भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पूरा नआएको हुनसक्ने बताइरहेका छन् । सरकारले दिएको तथ्यांकमा पूरा मृतकको संख्या नसमेटिएको उनीहरुको भनाइ छ ।

गत मे महिनामा उत्तर भारतको विशाल नदी गंगा किनारमा मात्रै कोरोनाबाट मृत्यु भएका सयौँ शव एकै पटक सेलाइँदै थियो । मानिसहरु हरेक दिन मृत्यु र दाहसंस्कारको सामना गरिरहेका थिए ।

यतिसम्म कि देशभर त्यस्ता कैयौँ मृत्युको रेकर्ड नै नराखिएको विज्ञहरुको भनाइ छ । यसैले पनि कतिजनाको मृत्यु भयो भन्ने यकिन आइनसकेको उनीहरु बताउँछन् ।

पश्चिमी सहर कोचीस्थित राजागिरी कलेज अफ सोसल साइन्सका प्राध्यापक रीजो एम जोनका अनुसार उत्तर भारतमा यस्ता थुप्रै मृत्युको रेकर्ड राख्न सकिएको थिएन ।

भारतको गरिब राज्यमध्येको एक बिहारमा गत महिना कोभिडका कारण मृत्यु हुनेको गलत तथ्यांक दिइएकोमा मुद्दा परेकोमा स्थानीय अदालतको फैसलासँगै ५,४२४ मृतक संख्याबाट संशोधन गरी ९,४२९ बनाइएको थियो ।

भारत सरकारको तथ्यांक अनुसार अप्रिलको अन्त्यसम्म २ लाख को मृत्यु भएको बताइएको थियो । तर ३ लाख मृतक संख्या पुग्नका लागि जम्मा २८ दिन लाग्यो ।

दोस्रो लहरको क्रममा भारतीय सहरका कतिपय अस्पतालमा अक्सिजन र बेडको अभावमा बिरामीहरुको अस्पताल बाहिर समेत मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यद्यपि पार्क र अन्य सार्वजनिक स्थलमा समेत संक्रमितहरुको मृत्यु भएको बताइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.