घनाबस्तीमा जंगली हात्ती देखिएपछि स्थानीय त्रसित
रौतहट : वनक्षेत्रबाट रौतहटको घनाबस्तीमा जंगली हात्ती पसेपछि स्थानीय त्रसित भएका छन् । शनिबार बिहान देवाहीगोनाही नगरपालिकाको कर्कचटोलमा देखापरेको एउटा जंगली हात्ती शिवनगर बजार हुँदै माधवनारायण नगरपालिकाको वडा नं. ५ मिठुअवामा पुगेको छ ।
हात्तीले शिवनगरको एक घरमा क्षति पुर्याएको छ भने मिठुअवामा केही व्यक्तिको भकारी फुटाएर धान खाएको छ । वनक्षेत्रबाट करिब ३० किलोमिटर टाढा बस्तीहरुमा हात्ती देखिएपछि गाउँमा त्रास देखिएको छ ।
बस्तीमा जंगली हात्ती देखेपछि स्थानीयले बिहानै प्रहरीलाई खबर गरेका थिए । हात्ती मिठुअवाको झाँझ पुल नजिकैको आप बगैंचामा पुगेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
१