बाढीले बीपी राजमार्ग अवरुद्ध
काभ्रे : बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ काल्ढुंगा र १२ मम्ती खोलाखण्ड अबरुद्ध भएको छ।
काल्ढुंगा भ्याकुरे खहरे खोला र मम्ती खोला बढेपछि राजमार्ग अबरुद्ध रहेको मङल्टार इलाका प्रहरी चौकी इन्चार्ज प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए।
राजमार्ग दुबैतर्फ अबरुद्ध रहेको पानी परिरहेको कारण राजमार्ग चल्न सक्ने अवस्था नरहेको खड्काले जानकारी दिए।
दुबै खोलामा लेदो बाढीको कारण पूर्व हिँडेका सवरी र पूर्वबाट धुलिखेलतर्फ आउने सबै सवारीहरु बाटोमै रोकिरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।
खहरे खोलाको पानीको बहब कम भएपछि राजमार्ग खुलाउने प्रयसमा रहेको खोलामा तयारी अवस्था जेसिबी राखिरहेको खड्काले जानकारी दिए।