जापानमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा २ को मृत्यु, २० वेपत्ता

जापानमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा २ को मृत्यु, २० वेपत्ता

टोकियो: जापानमा केही दिनदेखिको भारी वर्षाका कारण पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । २० जना हराइरहेका छन् ।

राजधानी टोकियोको दक्षिणपश्चिम क्षेत्रस्थित अतामीमा रहेको एक रिसोर्ट पहिरोले गर्दा भत्किएको हो। यस घटनाको छोटो भिडियो स्थानीय टेलिभिजनले समेत देखाएका छन् ।

प्रधानमन्त्री योशिहिदे सुगाले आपतकालीन सेवा साथै घटनास्थलमा सैनिकलाई खटाइएको बताए । साथै अझै पानी पर्नसक्ने चेतावनी पनि उनले दिएका छन् । सुरक्षाकर्मीले पहिरोमा वेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् ।

"अझै भारी वर्षाको सम्भावना छ । यसैले हामी अझै अधिकतम स्तरमा सतर्क रहनुपर्छ," प्रधानमन्त्री सुगाले बताए । अतामी क्षेत्रमा पछिल्लो ४८ घण्टामा ३१३ मिलिमिटर पानी परेको बताइएको छ । जुन हरेक जुलाइमा पर्ने औसत पानीको मात्रा भन्दा धेरै हो । जापानको पश्चिमी क्षेत्रमा २०१८ मा बाढीका कारण २०० जनाको ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.