अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन

अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन

काभ्रे : बिहानैदेखि अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो।

बाढीले ल्याएको लेदो फाल्नेक्रम अझै भइरहेको मंगल्टार इलाका प्रहरी कार्यालयका निरीक्षक शेखर खड्काले जानकारी दिए। एकतर्फी सडक सञ्चालनमा आएपछि पनि दुईवटा डोजरले लेदो फाल्नेकाम गरिरहेको उनको भनाइ छ।

 

काल्ढुंगा भ्याकुरे खहरे खोला र मम्ती खोला बढेपछि राजमार्ग अबरुद्ध भएको थियो। पानी परिरहेको कारण राजमार्ग सञ्चालनमा समय लागेको उनको भनाइ छ। 

बाढीको कारण पूर्व हिँडेका सवारी र पूर्वबाट धुलिखेलतर्फ आउने सबै सवारी बाटोमै रोकिरहेका छन्। एकतर्फी बाटो खुलेपछि विस्तारै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.