भारतमा दैनिक २.३४ प्रतिशत कोरोना संक्रमित

भारतमा दैनिक २.३४ प्रतिशत कोरोना संक्रमित

नयाँ दिल्ली : भारतमा पछिल्लो पटक कोरोना भाइरसका दैनिक संक्रमितको संख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना संक्रमित थपिएका छन् ।  

लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम संक्रमित भएको यो आठौँ पटक हो, मन्त्रालयका एक अधिकारीले भने । भारतमा अहिले संक्रमणमुक्त भएकाहरुको संख्या ९७.०९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको पाइएको छ । 

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने चार लाख ८५ हजार ३५० रहेको छ । पछिल्लो एक हप्तामा भारतमा थप नयाँ संक्रमितहरुको संख्या २.४४ प्रतिशत रहेको छ, भने दैनिक संक्रमितहरुको संख्या २.३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ ।  

भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ । यो सँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ । रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.