ब्रियना र साकारीलाई प्रतिबन्ध

ब्रियना र साकारीलाई प्रतिबन्ध

लन्डन : अमेरिकाका चर्चित दुई एथलेटिक्स खेलाडीले टोकियो ओलम्पिक गुमाउने भएका छन्। उनीहरू दुवै प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) मा प्रतिबन्धमा परेपछि यही महिना सुरु हुने टोकियो ओलम्पिक गुमाउन लागेका हुन्। 

रियो ओलम्पिकमा स्वर्ण विजेता हर्डल्स खेलाडी ब्रियना म्याकनिलले र स्पिन्टर साकारी रिचर्डसनले जापानमा आयोजना हुने टोकियो ओलम्पिक गुमाउन लागेका हुन्। २९ वर्षीया ब्रियनालाई गत अप्रिलमा एथलेटिक्स इन्टिग्रिटी युनिटले प्रतिबन्ध गरेको थियो। उनले डोपिङ परीक्षणलाई बिथोलेको अभियोग लगाइएको थियो। ब्रियनालाई सन् २०२५ को अगस्टसम्म प्रतिबन्ध लगाइएको थियो। 

त्यो प्रतिबन्धको विरुद्धमा ब्रियनाले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोटर््स (कास) मा अपिल गरेकी थिइन्। कासले उनको अपिल खारेज गर्दै एथलेटिक्स इन्टिग्रिटी युनिटले लगाएको प्रतिबन्धलाई कायमै राख्ने निर्णय गरेपछि ब्रियनाले ओलम्पिकमा सहभागी हुन नपाउने भएकी हुन्।

२९ वर्षीया ब्रियनाले सन् २०१६ को रियो ओलम्पिकमा हर्डल्सको एक सय मिटर दौडमा स्वर्ण जितेकी थिइन्। यस्तै सन् २०१३ को वल्र्ड च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन्।

एक वर्षको अवधिमा लगातार तीन पटक डोपिङ परीक्षणमा अनुपस्थित भएपछि उनीमाथि प्रतिबन्ध लागेको हो । यसअघि उनीमाथि अस्थायी निलम्बन गरिएको थियो। ब्रियनाले विभिन्न कारणले गर्दा डोपिङ परीक्षणमा उपस्थित हुन नसकेको बताएकी छन्। उनले आफू निर्दोष रहेको पनि बताएकी छन्। ‘म जानाजान डोपिङ परीक्षणमा अनुपस्थित भएको होइन। विभिन्न कारणले म परीक्षणमा सहभागी हुन सकिनँ’, उनले भनेकी छन्, ‘म स्वच्छ र इमानदार छु।’

यसैगरी अर्की अमेरिकी खेलाडी साकारी रिचर्डसनले भने शक्तिवद्र्धक औषधि सेवन गरेको आरोपमा प्रतिबन्धमा परेपछि टोकियो ओलम्पिक खेल्न नपाउने भएकी हुन्। टोकियो ओलम्पिकका लागि अमेरिकी खेलाडी छनोटका क्रममा रिचर्डसनले शक्तिवद्र्धक औषधि सेवन गरेको पाइएको थियो। त्यसपछि उनलाई एक महिनाको प्रतिबन्ध लगाइएको थियो। २१ वर्षीया रिचर्डसनले गत जुनमा भएको छनोटमा एक सय मिटर दौड १०.८६ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी थिइन्। त्यसलगत्तै गरिएको डोपिङ परीक्षणमा उनी पोजेटिभ देखिएकी थिइन्। 

त्यसपछि अमेरिकी एन्डी डोपिङ एजेन्सी (उसाडा) ले रिचर्डसनसँग सोधपुछ गरेको थियो। रिचर्डसनले आफूले जानाजान नभई भूलवश शक्तिवद्र्धक औषधि सेवन गरेको बताएकी थिइन्। त्यसलगत्तै उनीमाथि प्रतिबन्ध लगाइएको थियो। 

यसअघि बहराइनकी धाविका सल्वा इद नासेरले पनि टोकियो ओलम्पिक गुमाइसकेकी छन्। एन्टी डोपिङको नियम उल्लंघन गरेको आरोपमा दुई वर्षको प्रतिबन्धमा परेपछि चार सय मिटरकी विश्व च्याम्पियन नासेरले टोकियो ओलम्पिक खेल्न नपाउने भएकी हुन्। सन् २०१९ देखि एक वर्षको अवधिमा डोपिङ परीक्षणमा अनुपस्थित भएपछि विश्व एथलेटिक्सले नासेरलाई प्रतिबन्ध गरेको हो। नासेर गत वर्ष नै अस्थायी निलम्बन परेकी थिइन्। उनको प्रतिबन्ध सन् २०२३ को सुरुआतसम्म रहनेछ। 

नासेरले सन् २०१९ मा कतारको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा चार सय मिटर दौडमा ४८.१४ सेकेन्डको विश्व कीर्तिमान बनाएकी थिइन्। उनी विश्व च्याम्पियनसिपको उपाधि जित्ने पहिलो एसियाली महिला खेलाडी पनि हुन्। सन् १९९८ मा नाइजेरियामा जन्मिएकी नासेर सन् २०१४ बाट बहराइनबाट खेल्दै आएकी छन्। टोकियो ओलम्पिक यी जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.