दोषी ठहर भएपछि दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति भन्छन्: मलाई जेल पठाउनु मृत्युदण्ड दिएजस्तै हो !

दोषी ठहर भएपछि दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति भन्छन्: मलाई जेल पठाउनु मृत्युदण्ड दिएजस्तै हो !

केपटाउन: अदालतको अवहेलनामा दोषी ठहर भएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले आफू जेल नजाने चेतावनी दिएका छन् ।

अदालतको अवहेलना मुद्दामा जुमालाई दोषी ठहर गर्दै अदालतले १५ महिनाको जेल सजाय सुनाएको थियो । तर जुमाले आफ्ना कागजात अदालतले हेर्न नचाहेको तर आफूलाई जेल पठाउन मात्रै चाहेको आरोप लगाएका छन् ।

"मलाई जेल जान आवश्यक छैन," जुमाले क्वा जुलु नताल प्रान्तस्थित पत्रकारहरु समक्ष भनेका छन् । जहाँ उनको निवास बाहिर उनका सयौँ समर्थकहरु आएर उनको पक्षमा नारावाजी गरिरहेका छन् ।

"उनीहरुले मेरा कागजात ग्रहण गर्न सक्दैनन र जेल जान अपेक्षा गर्छन्," उनले भने । यस्तै ७९ वर्षीय नेता जुमाले आफूलाई यस्तो बेलामा जेल पठाउनु भनेको मृत्युदण्ड दिएसरह भएको पनि ठोकुवा गरे ।

"महामारीको यस्तो उचाइको अवधिमा, यो उमेरमा, मलाई जेल पठाउनु भनेको मृत्युदण्डको सजाय दिए जस्तै हो," उनले भने । जुमाका समर्थकहरुले भने उनको संवैधानिक अधिकार दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

जुमाले अदालतको बारम्बारको आदेश अटेरी गर्दै अदालतको अवहेलना गरेपछि गत मंगलबार उनीमाथि १५ महिनाको जेल सजाय तोकिएको थियो । पदमा रहँदा उनले अनियमितता गरेको तथा ठूलो रकम दुरुपयोग गरेको भन्दै उनीमाथि दर्जनौँ भ्रष्टाचारका मुद्दा छन् । तर ती मुद्दामा सुनुवाइको क्रममा वयानका लागि अदालतले पटक पटक आग्रह गर्दा पनि उनी अदालतमा उपस्थित भएका थिएनन् ।

अदालतले उनलाई आत्मसमर्पणका लागि आइतबारसम्मको अन्तिम समय सीमा दिएको थियो । जुन अब सकिँदैछ ।

"मैले यहाँ प्रहरीहरुलाई देखेको छु । म सोच्दैछु उनीहरुले मलाई कसरी समाउलान्, उनीहरु यति धेरै जनताको बीचमा उनीहरु कसरी आउँछन्?', जुमाले भने । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमामाथि विभिन्न १६ वटा ठगी तथा भ्रष्टाचारका मुद्दा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.