सानो पर्दादेखि चलचित्रसम्म

सानो पर्दादेखि चलचित्रसम्म

मुम्बई : बलिउड नायिका मन्दिरा बेदी अहिले पनि शोकमा छिन्। उनका श्रीमान् राज कौशलको गत बुधबार बिहान निधन भएको हो। ४९ वर्षीय राजको हृदयाघातका कारण निधन भएको हो। मन्दिरा आफैंले राजलाई बोकेर घाटसम्म पुगेकी थिइन्। राज कौशल पेसाले निर्माता एवं निर्देशक थिए। उनले आफ्नो करिअर अभिनयबाट सुरु गरेका थिए। उनले एन्थनी कौन है, शादीका लड्डु, प्यारमे कभी कभीजस्ता फिल्म निर्देशन गरेका थिए। माई ब्रदर, निखिल, शादीका लड्डुमा उनी निर्माताको भूमिकामा थिए। मन्दिरा र राज कौशलले सन् १९९९ को भ्यालेन्टाइनका दिन लगनगाँठो कसेका थिए। 

४८ वर्षको उमेरमा पति गुमाएकी मन्दिराले विवाह अघि निकै संघर्ष गरेकी थिइन्। सन् १९९४ मा भारतीय टेलिभिजन दूरदर्शनको ‘शान्ति’बाट काँचको पर्दामा पाइला राखेकी मन्दिराको अभिनयको खुबै चर्चा पाएको थियो। यो टेलिसिरियल लामो समयसम्म चलेको थियो। उनले निर्वाह गरेको स्टाइलिस महिलाको भूमिकालाई धेरैले रुचाएका थिए। त्यसपछि मन्दिराले ‘आहट’, ‘घर जमाई’, ‘क्योकी सास भी कभी बहु थी’लगायत बहुचर्चित सिरियलमा काम गरिन्। उनले ‘दिलवाले दुल्हनिया ले जाएगें’मा शाहरूख खानसँग अभिनय गर्ने मौका पाइन्। यस चलचित्रमा सानो भूमिका भए पनि उनी धेरैको ‘नोटिस’मा परिन्। 

टेलिचलचित्र, चलचित्र हुँदै उनले क्रिकेट कमेन्टेटरको भूमिका पनि सुरु गरिन्। क्रिकेट मैदानमा साडी र स्लिवलेस ब्लाउजमा उनको ‘ग्लामरस लुक्स’ले पनि खुबै चर्चा कमाएको थियो। यसरी क्रिकेटमा ग्लामरस भित्र्याउने श्रेय मन्दिरा बेदीलाई जान्छ। उनको ग्लामरस लुक्सको यति धेरै माग बढ्यो कि इन्डियन प्रिमियर लिग (आईपीएल) भारतमा मात्र होइन, दक्षिण अफ्रिकामा पुगेरसम्म सञ्चालन गरिन्। 

यस अलवा उनले च्याम्पियन्स ट्रफी र भारतले विभिन्न राष्ट्रसँग खेलेका खेलको पनि कमेन्ट्री गरिन्। 

मन्दिरा बेदी आफूलाई बहुआयामिक भन्न रुचाउँछिन्। टेलिभिजन कार्यक्रम प्रस्तोताका अतिरिक्त अभिनय र फेसन डिजाइनिङमा पनि उनले राम्रै सफलता हासिल गरेकी छन्। सन् २००८ मा टेलिभिजन रियालिटी सो ‘खतरों के खिलाडी’मा भाग लिएकी थिइन्। यो कार्यक्रममा सहभागी भएपछि उनको जिमसँगको नाता जोडियो। आफूलाई फिट राख्न उनले लामो समय जिममा पसिना बगाउन थालिन्। महिला पनि सुगठित शरीर बनाउन सक्छन् भन्ने कुराको प्रमाणित उनले गरिदिएकी छन्। सामाजिक सञ्जालमा निकै सक्रिय मन्दिरा समयसमयमा आफ्नो फिटनेसको भिडियो र तस्बिर सेयर गरिरहेकी हुन्छिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.