‘द जंगल किङ’ सँगै रणवीर

‘द जंगल किङ’ सँगै रणवीर

मुम्बई : बलिउड अभिनेता रणवीर सिंह निकै रुचाइने अभिनेताका रूपमा परिचित छन्। उनले ‘गल्ली ब्वाय’, ‘बाजिराव मस्तानी’, ‘सिम्बा’, ‘पद्मावत’, ‘राम–लीला’, ‘लुटेरा’ लगायतका दर्जनौं चलचित्रमा अभिनय गरेका छन्।

हालसम्म चलचित्रको स्क्रिनमा मात्रै देखिँदै आएका अभिनेता रणवीर सिंह अब भने डिजिटल प्लेटफर्म नेटफ्लिक्समा पनि देखिने भारतीय सञ्चार माध्यमले जनाएका छन्। रणवीर बेलायती एडभेन्चर, लेखक तथा टेलिभिजन प्रस्तुतकर्ता वियर ग्रिल्ससँगै काम गर्ने तयारीमा जुटेका छन्। 

चर्चित टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ का प्रस्तुतकर्ता वियर ‘द जंगल किङ’ नामले समेत परिचित छन्। उनले हाल ‘द वाइल्ड विथ वियर ग्रिल्स’ कार्यक्रम चलाइरहेका छन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि पर्दामा देखिएका थिए। त्यस्तै, उनको कार्यक्रममा चर्चित अभिनेता रजनीकान्त र अक्षय कुमारसमेत देखिइसकेका छन्। 

वियरले अब आउन लागेको नयाँ कार्यक्रम नेटफिल्क्ससँगको सहकार्यमा बनाउन लागेको जनाइएको छ। साहसीमूलक कार्यक्रममा अभिनेता रणवीर सबैभन्दा राम्रो रोजाइमा परेको हुन्। उनलाई वियर र नेटफिल्क्सले रोजेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

यसको छायांकन भने यही वर्षदेखि साइबेरियाबाट सुरु हुने जनाइएको छ। ठूलो लगानीमा बन्न लागेको यो कार्यक्रम नेटफिल्क्सको ठूलो रिलिजमध्येमा पर्ने अड्कल गरिएको छ। 

अभिनेता रणवीर आगामी नयाँ चलचित्र ‘८३’, ‘जयसभाइ जोरदार’ र ‘सिरकस’ मा प्रमुख भूमिकामा देखिँदै छन्। उनी करण जोहरले निर्माण गर्न लागेको नयाँ चलचित्रको तयारीमा समेत जुटेका छन्। करण जोहरको चलचित्रमा आलिया भट्टले पनि काम गर्ने जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.