२९ यात्रुसहित उडेको रुसी विमान सम्पर्क विहीन

२९ यात्रुसहित उडेको रुसी विमान सम्पर्क विहीन

मस्को: रुसको सुदूर पूर्वी क्षेत्र काम्चात्काबाट २९ यात्रुसहित उडेको विमान सम्पर्क विच्छेद हुँदा विमानमा सवार सबै यात्रुको अवस्था अज्ञात छ ।

विमानमा ६ जना चालक दलका सदस्य सहित २३ यात्रु थिए । विमान कामचात्काको मुख्य सहर पेत्रोपाभ्लोस्कबाट मंगलबार पालाना सहरका लागि उडेको थियो । तर पूर्वतालिका अनुसार निर्धारित समयमा विमान अवतरण गर्न नसकेर गायव भएपछि दुर्घटना भएको हुनसक्ने स्थानीय मिडियाले जनाएका छन् ।

विमानको खोजी र उद्वारको लागि सरकारी सुरक्षाकर्मीको टोली खटाइएको बताइएको छ । हालसम्मको सूचनाका आधारमा उक्त विमान कुनै पनि स्थानमा अवतरण नभएको अधिकारीहरुले बताएका छन् ।

२३ यात्रुमध्ये एक वा दुई बालबालिका समेत रहेको बताइएको छ । घण्टौँसम्म विमानको अवस्था अज्ञात नै रहेपछि सरकारले दुई वटा हेलिकप्टरमा खोजी तथा उद्वार टोली खटाएको छ ।

कुनै बेला विमान दुर्घटनाका लागि चिनिने रुसले पछिल्लो समय हवाइ यातायात सुरक्षामा सुधार ल्याएको छ । तर विमानको कमजोर मर्मत विधि र सुरक्षा मापदण्डका कारण पछिल्ला वर्षमा रुसले ठूला विमान दुर्घटनाको सामना गर्नु परेको छ ।

२०१९ को मे महिनामा रुसमा विमान दुर्घटना हुँदा ४१ जनाको ज्यान गएको थियो । यस्तै २०१८ को फेब्रुअरीमा मस्को नजिकै भएको दुर्घटनामा ७१ यात्रुको मृत्यु भएको थियो । तर ती दुर्घटनाका कारणबारे गरिएका अनुसन्धानले मानवीय त्रुटी मुख्य कारण भएको औँल्याएका थिए ।

यस्तै २०१९ को अगस्टमा पनि रुसमा २३० यात्रु बोकेको विमानले आपतकालीन अवतरण गर्नु परेको थियो । साथै २०२० को फेब्रुअरीमा १०० यात्रु बोकेको बोइङ ७३७ विमानले अवतरणको क्रममा सानो दुर्घटना भोगेको थियो । जहाँ मानवीय क्षति भने भएन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.