गाजा क्षेत्रमा इजरायलले फेरि गर्‍यो हवाइ हमला

गाजा क्षेत्रमा इजरायलले फेरि गर्‍यो हवाइ हमला

जेरुसेलम: इजरायली सेनाले गाजा क्षेत्रमा फेरि हवाइ हमला गरेको छ । गाजाबाट इजरायलतर्फ आगलागी गराउने विस्फोटक बेलुन प्रहार भएको भन्दै आफूहरुले त्यसको जवाफी हमला गरेको इजरायलले जनाएको छ ।

इजरायली सेनाले आफूहरुले हमासको हतियार उत्पादन केन्द्र र रकेट लन्चरलाई लक्षित गर्दै हवाइ आक्रमण गरिएको जनाएको छ ।

तर हमासले इजरायलको कुन क्षेत्रमा विस्फोटक बेलुन उडाएको थियो भन्ने इजरायलले केही जनाएको छैन । यद्यपि इजरायलमा भएका अधिकांश आक्रमणलाई इजरायलले हमासलाई नै दोष दिने गरेको छ ।

मे १० देखि इजरायल र हमासबीच ११ दिनसम्म हिंसात्मक श्रृंखलावद्ध आक्रमण भएको थियो । त्यस क्रममा इजरायली हवाइ हमलाबाट ६६ बालबालिकासहित २६० जना प्यालेस्टिनी मारिएका थिए । त्यस्तै हमासको रकेट आक्रमणबाट २ बालबालिकासहित १३ जना मारिएका थिए ।

तर मे २१ मा इजरायल र हमासबीच इजिप्टको पहलमा युद्धविराम भयो । त्यस युद्धविरामपछि पनि इजरायलले गाजा क्षेत्रमा चार पटकसम्म हवाइ हमला गरिसकेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.