कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका वडासदस्य तेजबहादुर थापाको मृत्यु भएको हो । उनको बाँकेको कोहलपुरस्थित घरमै बिहीवार विहान निधन भएको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजुकुमार खत्रीले जानकारी दिए । 

वडाध्यक्ष खत्रीका अनुसार त्यसअघि उनको नेपालगंजस्थित भेरी अस्पतालमा उपचार गरिएको थियो । भेरी अस्पतालमा पनि उपचार सम्भव नभएपछि घर ल्याइएको थियो । वडासदस्य थापाको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार एक दिन वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए । 

स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार उनलाई असार १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । रेग्मीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थापाको स्वास्थ्यमा सुधार नआएपछि रिफर गरिएको थियो । 

वडासदस्य थापाको निधनप्रति डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले दुःख व्यक्त गरेका छन् । गाउँपालिकाले एक कुसल राजनीतिककर्मी गुमाएको अध्यक्ष मल्लले प्रतिक्रिया दिए । अध्यक्ष मल्लले डुङ्गेश्वर गाउँपालिकाको विकास निर्माणमा वडासदस्य थापाको विशेष योगदान रहेको उल्लेख गरे । 

नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले थापाको निधनले सिंगो दैलेख जिल्लाको कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको प्रतिक्रिया दिएका छन् । साविकको लाँकुरी गाउँ विकास समिति–५ उम गाउँमा (हाल डुङ्गेश्वर गाउँपालिका–२) मा जन्मिएका थापा पूर्व लेखा अधिकृत हुन् । ६१ वर्षीया थापा जिल्ला सहकारी संघका अध्यक्ष तथा नेकपा एमाले दैलेखको लेखा आयोगका संयोजक हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.