हाइटीका राष्ट्रपतिको हत्या

हाइटीका राष्ट्रपतिको हत्या

मेक्सिको सिटी : अपरिचित बन्दुकधारीले गोली हानी हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्या गरेको छ । राजधानी पोर्ट–ओ–प्रिन्सस्थित निजी निवासमा भएको घटनामा मोइजकी श्रीमती घाइते भएको जनाइएको छ । 

अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार विज्ञप्तिमार्फत राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेका छन् । मोइजले सन् २०१८ मा हुने व्यवस्थापिका निर्वाचन ढिलाइ भएपछि राष्ट्रपतिको विशेषाधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत सबैभन्दा गरिब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आएका थिए ।

उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए । यसमा उनलाई पनि दोषी मानिँदै आएको थियो ।

अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ महामारीका कारण स्थगित छ । राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा यसै वर्षको जुन २६ मा गरेको थियो । - सिन्ह्वा/बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.