अर्घाखाँचीमा करणीका घटना बढ्दै

अर्घाखाँचीमा करणीका घटना बढ्दै

सन्धिखर्क : अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आफ्नै सहोदर छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।  स्थानीय ३९ वर्षीय बाबुले आफ्नै सहोदर १५ वर्षकी छोरीलाई जबरजस्ती करणी गर्न खोजेको सूचना प्राप्तपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए ।  प्रहरीले उक्त घटनाको प्रारम्भिक अनुसन्धान गरी जिल्ला अदालत अर्घाखाँचीबाट पाँचदिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ । 

पछिल्लो समय जिल्लामा जबरजस्ती करणीका घटनाहरू बढिरहेका छन् । पछिल्लो एक हप्तामा जबरजस्ती करणीसँग सम्बन्धित दुई वटा घटना घटेका छन् । जबरजस्ती करणी घटनाका फरार अभियुक्त पनि पक्राउ परेका छन् ।  

सोमबार सन्धिखर्कबाट बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई  प्रहरीले पक्राउ गरेको थियो  । सन्धिखर्क नगरपालिका—७ उपल्लो फुदबांगमा स्थानीय १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी कुटपिटसमेत गरेर अचेत अवस्थामा छाडी फरार रहेका सन्धिखर्क—७ लामीडाँडाका २२ वर्षीय रमेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । 

जंगलमा टाउकोमा चोटसहित अचेत अवस्थामा भेटिएकी बालिकालाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाएपछि घटनाको बारेमा बुझ्दै जाँदा बालिकाले आफूलाई जबरजस्ती गरी कुटपिट गरेर अचेत अवस्थामा छाडेर भागेको बताएपछि प्रहरी परिचालन गरी निज नेपालीलाई फरार रहेको १२ घण्टामै स्थानीय जंगलबाट पक्राउ  गरिएको थियो ।  उनलाई करणीसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अर्घाखाँची जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । 

बालयौन दुव्र्यवहार मुद्दामा अर्घाखाँची जिल्ला अदालतले कैद सजाय तोके पनि फरार रहेका सन्धिखर्क— ६ घर भई हाल सन्धिखर्क— १ मा बस्दै आएका एक जनालाई शनिबार पक्राउ गरेको छ । २०७७ साल माघ १० गते अर्घाखाँची जिल्ला अदालतको फैसलाले २ महिना ११ दिन कैद सजाय तोकिएका ३३ वर्षीय ऋषिबहादुर मुखियालाई निजकै घर ठेगानामा लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरिएको छ । निजलाई कैद भुक्तानीका लागी सम्मानित अदालतमा पेस गरिएको प्रहरीको भनाइ छ । 

ठगी मुद्दाका दोषी पक्राउ
सोमबार वैदेशिक रोजगार ठगी मुद्दामा संलग्न जिल्ला अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नं. ४ बस्ने २७ वर्षीय विपिन सुनारलाई पक्राउ गरेको छ । अनुसन्धानको लागि दाखिला गर्न भनी वैदेशिक रोजगार विभागबाट लेखापढी भएको थियो ।

सोही बमोजिम निज सुनारलाई सन्धिखर्क नगरपालिका— २ भक्तिटोला चोकमा हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारी कानुनबमोजिम नियन्त्रणमा लिएको जनाएको छ ।  निजलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गणेश खनालले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.