भारतीय वैज्ञानिकहरुले अन्टार्कटिकामा पत्ता लगाए नयाँ वनस्पति

भारतीय वैज्ञानिकहरुले अन्टार्कटिकामा पत्ता लगाए नयाँ वनस्पति

नयाँदिल्ली: भारतीय वैज्ञानिकहरुले अन्टार्कटिका महादेशमा काई प्रजातिको नयाँ वनस्पति पत्ता लगाएका छन् ।

५ वर्षपछि उनीहरुले आफ्नो खोजको पुष्टि गरेका हुन् । बीबीसीका अनुसार ध्रुवीय जीवशास्त्रीहरुले २०१७ मा हिउँले ढाकिएको महादेशमा काईको प्रजाति भेटेका थिए। र त्यसलाई पुष्टि गर्न उनीहरुलाई पाँच वर्ष लाग्यो ।

जीवशास्त्रीहरूले उक्त वनस्पतिलाई ब्राइअम भारतीएनसिस् नामकरण गरेका छन्। अधिकांश भाग हिउँले ढाकिएको अन्टार्कटिकाको हिउँभित्र पनि काई भेटिनुलाई वैज्ञानिकहरुले अनौठो मानेका छन् ।

वैज्ञानिकहरुका अनुसार वनस्पतिलाई जीवित रहन नाइट्रोजन, पोटासियम, फोस्फोरस, सूर्यको किरण र पानीको आवश्यकता पर्छ। "सबैभन्दा ठूलो प्रश्न भनेको चट्टान र हिउँको स्थानमा काई कसरी बाँच्छ भन्ने हो," प्राध्यापक फिलिक्स बास्टले भने।

ती काईले सूर्यको प्रकाश कहाँबाट पाउँछन् भन्नेबारे वैज्ञानिकहरू पनि अनविज्ञ छन् । साथै हिउँदको चिसो ६ महिना हिउँले ढाकिएर र तापक्रम माइनस ७६ डिग्री सेल्सीअस हुँदा सूर्यको प्रकाश विना नै काई कसरी बाँच्छन् भन्ने बारे वैज्ञानिकहरुले केही प्रमाण नभेटेको बताइन्छ ।

भारतले एन्टार्कटिका महादेशमा चार दशकअघि नै अनुसन्धान स्टेशन निर्माण गरेको थियो । तर यसरी वनस्पतिको खोज गरिएको यो पहिलो अनुसन्धान भएको बताइको छ ।

जलवायु परिवर्तनको असरले एन्टार्कटिका महादेश पछिल्लो समय तात्न थालेको बताइन्छ । यहाँ पहिले जीवित रहन नसक्ने थुप्रै वनस्पतिहरू अचेल व्यापक रुपमा देखिन थालेको पनि वैज्ञानिकहरु बताउँछन् । भारतीय वैज्ञानिकहरुको नयाँ खोजबारे तयार पारिएको वैज्ञानिक लेख प्रख्यात अन्तर्राष्ट्रिय जर्नल, 'जर्नल अफ एशिया-प्यासिफिक बायोडाइभर्सिटी'मा छाप्ने तयारी भएको बीबीसीको समाचारमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.