बालक हत्याका आरोपित आफन्तै

बालक हत्याका आरोपित आफन्तै

टीकापुर : कैलालीको टीकापुर–१ का साढे तीन वर्षीय बालक विवेक विष्टको हत्या आरोपमा आफन्तै मुछिएका छन्। तीन दिनअघि बेपत्ता भएका विवेकको बुधबार बेलुकी रानीजमरा कुलोमा शव फेला परेको थियो।

इलाका प्रहरी कार्यालय टीकापुरले बिहीबार पत्रकार सम्मेलन गरी उक्त घटनामा उनकै दिदी नाता पर्ने १५ वर्षे सुनीता (नाम परिवर्तन)को संलग्नता देखिएको जानकारी दिएको हो। प्रहरीले सुनीताले नै योजनाबद्ध रूपमा विवेकको हत्या गरेको दाबी गरेको छ। 

कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले सुनीताले योजनाबद्ध रूपमा हत्या गर्ने मनसाय बनाएरै जमरा नदीमा धकेलेर हत्या गरेको बताए।  ‘हत्या गर्ने मनसाय नै राखेर जामुन खाने बहानामा बालकलाई घरदेखि ५–६ सय मिटरको दूरीमा रहेको जमरा कुलानजिक लगेको देखिन्छ। त्यसपछि बालकको खुट्टा लगाइएको चाँदीको बाला झिकेर धकेलेर फालेको बयान पनि आएको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने।  खुट्टाको बाला निकालेर लिनु, त्यो बाला साथीको घरमा राख्नु, घटनाको सुरुआतमा अटो रिक्सामा एक युवक देखेकोजस्ता फेरिएको बयानका आधारमा प्रहरीले उनीमाथि शंका गरेको थियो। 

प्रहरी उपरीक्षक अधिकारीले विवेकसहित ती किशोरी जमरा नदीतर्फ जाँदै गरेका प्रत्यक्षदर्शी भेटेपछि हत्याको आशंका गर्दै अनुसन्धान थालेका थिए। प्रदेश प्रहरी कार्यालयबाट ल्याइएका दुईवटा कुकुरले विवेक जमरा नदीतर्फ नै गएको संकेत देखाएपछि किशोरीमाथि अनुसन्धान केन्द्रित गरिएको उनले बताए। 

प्रहरीले चाँदीका बाला राख्ने सुनीताकी १४ वर्षीया साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। उनले विवेकलाई कुलोमा फालेपछि निकालेको बाला साथीको घरमा राख्न दिएकी थिइन्। ‘हत्यामा प्रत्यक्ष संलग्नता देखिएको छैन। तर पनि चाँदीको बाला राख्न दिएको दुई दिनसम्म कुनै कुरा जानकारी नदिनुले शंका उब्जाएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने। प्रहरीले अरू केही व्यक्तिहरूलाई समेत अनुसन्धानको घेरामा राखेको छ।

विवेकको शव प्रहरीले बुधबार जमरा नदीको बाघमारा क्षेत्रमा घटनास्थलबाट झन्डै ५ किलोमिटर दक्षिणतर्फ फेला पारेको थियो। अनुसन्धानमा पारिवारिक रिसइबीका कारण हत्या गरिएको हुन सक्ने उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साढे तीन वर्षीय नाबालकको हत्या नातामा दिदी पर्नेबाटै भएपछि टीकापुर क्षेत्रमा मानिसहरूमा डर पैदा भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.