बंगलादेशको जुस फ्याक्ट्रीमा आगलागी हुँदा ५२ को मृत्यु, २० घाइते

बंगलादेशको जुस फ्याक्ट्रीमा आगलागी हुँदा ५२ को मृत्यु, २० घाइते

ढाका: बंगलादेशको राजधानी ढाकाको नारायनगन्जस्थित जुस फ्याक्ट्रीमा आगलागी हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ ।

६ तले भवनमा लागेको भीषण आगलागी शुक्रबार अवेरसम्म निभेको छैन । जुन बिहीबारदेखि नै सुरु भएको थियो । आगलागीबाट २० जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये 

अग्लो भवनमा भीषण आगलागी भएकाले निभाउन नसकिएको बताइएको छ । यद्यपि अग्नि नियन्त्रक तथा उद्वारकर्मीहरु अवेरसम्म खटिरहेका छन् ।

भवनको भुइँतलादेखि नै आगलागी सुरु भएपछि फ्याक्ट्रीमा काम गर्ने कामदारहरु माथिका तलाबाट ज्यान जोगाउन हामफालेका समेत थिए । यसरी हामफाल्ने क्रममा तीनजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागी कसरी सुरु भयो भन्ने यकिन भइसकेको छैन । यसबारे छानविन गरिने बताइएको छ ।

बंगलादेशमा हरेक वर्ष भवनको कमजोर सुरक्षा र अग्नि नियन्त्रण संरचनाका कारण यस्तै प्रकृतिका दर्जनौँ आगलागीका घटना हुने गर्छन् । यसपटकको आगलागीको घटनालाई २०१६ देखिकै सबैभन्दा ठूलो घटनाको रुपमा लिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.