भानुको सम्झना
गाउँका शब्दमाला टिपी चोटिला
देश नेपालका सूर्य नै हौ तिमी
आए घाँसी बनी मार्गमा ईशझैं
ज्ञानको मन्त्र पाई भयौ पूर्णझैं।
जीवनी रामको सात त्यो काण्डमा
ग्राम्य बोली समेटी रच्यौ भावमा।।२।।
सभ्यता वीरता साम्यभाव जहाँ
एउटै सूत्रमा गाँस्नुथ्यो चाहना
राष्ट्रमा एकताको तुन्यौ सूत्र ता
आदि सम्मान पाई भयौ पूर्णता ।।३।।
गाउँका वृद्धले सर्वदा सम्झँदा
लोक ख्याति भयो रामग्रन्थ सदा
आज हामी सधैं बाँच्दछौं श्लोकमा
नाम प्रख्यात पार्यौ यसै लोकमा।।४।।
आज तिम्रो जयन्ती उदायो जहाँ
शब्दका भाव यी पुष्प अर्पी यहाँ
गर्छु सम्मान यो माथ झुक्ने सदा
फेरि तिम्रो यही जन्म होस् सर्वदा।।५।।