भानुप्रति वन्दना !
तिम्रो जन्म भयो असार महिना रम्घा चुँदी गाउँमा
नेपाली लय भाव छन्द रसिला हौ सृष्टिका गायक
तिम्रा सुन्दर सिर्जनाहरू सधैं चम्केर तारासरि
घन्किन्छन् रसिला अनन्त रचना गाउँ र पाखाभरि ।
हे रामायणका धरोहर तिमी साहित्य सञ्जीवनी
नेपालीपनमै रमाउन सक्यौ सुम्पेर त्यो जीवनी ।।२।।
लेखेरै अनगिन्ति काव्य–रसले आनन्द छर्दै गयौ
मीठा सुन्दर शब्दका लय दियौ श्रद्धेय आफैं भयौ ।
नेपालीपनका समस्त जनका जीवन्त आधार हौ
शक्ति बुद्धि विवेक ज्ञानगुनका भानु तिमी सार हौ ।।३।।
ल्यायौ रे वनकुञ्जमा सरसिला भाका अनेकौं थरी
नेपाली मनकुञ्जमा भरिदियौ माधुर्य आफैं छरी ।
हाम्रो देह मरेर जान्छ कहिले मर्दैन रे सिर्जना
तिम्रो भक्ति र भावमा युत भई गर्छौं सधैं बन्दना ।।४।।