भारतको केरलामा जिका भाइरस संक्रमण

भारतको केरलामा जिका भाइरस संक्रमण

भारतको केरला राज्यका स्वास्थ्य अधिकारीहरूले १४ वटा जिका भाइरसको संक्रमणका घटना पहिचान भएपछि राज्यका सम्पूर्ण जिल्लाहरूमा स्वास्थ्य सतर्कताको घोषणा गरेका छन्। केरेलाकी स्वास्थ्यमन्त्री बीना जर्जले त्रिभन्द्रम जिल्लामा संक्रमणहरू देखिएको पुष्टि गरेकी हुन्। 

सन् २०१६–१७ मा भारतको पश्चिमी राज्य गुजरातमा जिकाको सङ्क्रमण भएको विवरण आएका थिए। लामखुट्टेका कारण सर्ने जिकाका कारण बालबालिकाको मस्तिष्कका कोषहरू सुक्दै जाने र एउटा दुर्लभ प्रकारको पक्षाघातजस्तै रोग गिया ब्यारे सिन्ड्रोम देखिने बताइन्छ। अधिकांश अवस्थामा लामखुट्टेका कारण यो भाइरस सर्ने भने पनि यौनसम्पर्क गर्दा पनि जिका सर्ने गरेको पाइन्छ। सबै नयाँ सङ्क्रमणका घटनाहरू जिल्लाका स्वास्थ्यकर्मीहरूमा देखिएका हुन्। 

जर्जले जारी गरेको विज्ञप्तिका अनुसार जिका भाइरस सङ्क्रमण पुष्टि भएकी पहिलो बिरामी सीमा जोडिएको राज्य तामिलनाडुकी एक जना २४ वर्षकी गर्भवती महिला थिइन्। उनलाई जुन २८ तारिखमा टाउको दुख्ने, ज्वरो आउने र छालामा रातो डाबर देखिने लक्षण सहित त्रिभन्द्रमको अस्पतालमा भर्ना गरिएको थियो। 'उनको स्वास्थ्य स्थिर छ। साधारण किसिमले उनले बच्चा जन्माइन्। राज्यभन्दा बाहिर उनले यात्रा गरेको पाइएको छैन,' जर्ज भन्छिन्।

उनले जारी मनसुनले लामखुट्टेहरूको विस्तारमा सघाइरहेको उल्लेख गरिन्। केरलाका स्वास्थ्य सचिव डा. राजन खोब्रागाडेले सरकारले सङ्क्रमण देखिएका स्थानमा निगरानी टोलीहरू खटाएको र मानिसहरूलाई उक्त सङ्क्रमणबारे जानकारी दिइरहेको बताए। उनले गर्भवती महिलाहरूसँग कुराहरू गरिरहेको र विवाहितहरूलाई पनि परामर्श दिइरहेको जनाए।

केरला कोभिड-१९ को दोस्रो लहरसँग जुझिरहेको छ र पछिल्लो सात दिनमा कूल परीक्षणमध्ये त्यहाँ १० प्रतिशतभन्दा बढीलाई सङ्क्रमण भइरहेको पाइएको छ।

सन् २०२० को ज्यानुअरीमा भारतमा पहिलोपटक कोरोनाभाइरस सङ्क्रमण पनि केरलाबाटै पुष्टि भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.