दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दै

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दै

सोल : दक्षिण कोरियामा कोभिड–१९ बाट अहिलेसम्मकै धेरै संक्रमित भएका छन्। यहाँका अधिकारीले शनिबार चौथो दिन कोरोना भाइरसका संक्रमित बढेको बताएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७८ जना कोभिडका संक्रमित भेटिएका हुन्। ६ महिनापछि एकै पटक यति धेरै संख्याका संक्रमित पहिलो पटक देखिएको जनाइएको छ। 

यहाँका अधिकारीले दक्षिण कोरियामा चार दिनदेखि निरन्तर संक्रमित बढ्दै गएको बताएका हुन्। यससँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६६ हजार ७ स २२ पुगेको छ। यहाँ पछिल्ला केही सातादेखि कोभिडका संक्रमितहरूको संख्या बढ्दो देखिएको छ।   

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले कोभिडको चौथो वेभ सुरु भएको पनि बताएका छन्। केही साताअघि ७ सयभन्दा बढी संक्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन १ हजार नाघ्न थालेको हो। स्वास्थ्य अधिकारीहरूले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५४ प्रतिशत बढी देखिएको छ।      

यो तथ्यांक आएपछि यहाँका स्वास्थ्य अधिकारीहरूले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए। कोरिया सरकारले खोप अभियानलाई व्यापक बनाएको छ। यहाँे संक्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.