भारतमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना संक्रमित भएका हुन् । 

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरुको संख्या चार लाख ५४ हजार ११८ रहेको छ। अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या कुल संक्रमितहरुको संख्याको १.४७ प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या चार लाख आठ हजार ४० पुगेको छ । 

कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या भारतमा दुई करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४५ हजार २५४ जना संक्रमणमुक्त भएका छन् । 

भारतमा कोरोना भाइरसबाट कुल संक्रमित मध्ये अहिलेसम्म ९७.२० प्रतिशत संक्रमण मुक्त भएको पाइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.