अक्षयको गीतलाई भ्युजको रेकर्ड
मुम्बई : बलिउड स्टार अक्षय कुमार अभिनीत भर्खरै रिलिज भएको गीत ‘फिलहाल २ मोहब्बत’ले युट्युब भ्युजको रेकर्ड नै तोडेको छ।
उक्त म्युजिक भिडियो सार्वजनिक भएको पाँच दिनमै १३ करोड ६० लाखभन्दा बढीले हेरिसकेका छन्। यो युट्युबको इतिहासमै पहिलो २४ घण्टामा सबैभन्दा धेरै हेरिएको भारतीय म्युजिक भिडियो हो।
दर्शक अक्षय कुमारलाई हेर्न कति आतुर रहेछन् भन्ने यसैबाट पुष्टि भएको छ। गीतमा अक्षय, नुपूर सेनन र पञ्जाबी स्टार एमी बिर्कबीच त्रिकोणात्मक प्रेम देखाइएको छ। अक्षय भने स्टाइलिस अन्दाजमा देखिएका छन्।
बी प्राकले गाएको उक्त गीतमा संगीत गायककै छ। गीतकार जानीले लेखेको यो गीतलाई अरविन्द्र खैराले निर्देशन गरेका हुन्।
फिलहालको पहिलो भाग सन् २०१९ मा आएको थियो। त्यसलाई पनि अहिलेसम्म एक अर्बभन्दा बढीले हेरिसकेका छन्।