शिक्षणसँगै व्यावसायिक कृषिमा

शिक्षणसँगै व्यावसायिक कृषिमा

मुगु : जिल्लाको पश्चिम क्षेत्रमा रहेको खत्याड गाउँपालिका—१० ह्यागुल गाउँमा रहेको महाकाली माविका शिक्षक चन्दबहादुर रोकाया व्यावसायिक खेतीमा लागेका छन्। 

शिक्षण पेसासँगै गाउँमै  व्यावसाहिक अनारसहित अन्य फलफूल तथा तरकारी खेती थालेका छन्। गाउँ नजिकको विद्यालयमा शिक्षण पेसा गरेका शिक्षक रोकायाले मूल घरभन्दा आधा घण्टा टाढा रहेको हबघर गुयाला भन्ने स्थानमा रहेको आफ्नो सात हजार वर्ग क्षेत्रफलमा फैलिएको जग्गामा  व्यावसायिक अनार, केरा, कागतीलगायत अन्य फलफूलसहित तरकारी खेती तथा पशुपालन गर्दै खत्याड गाउँपालिकाभरिकै नमुना कृषक हुन थालेका हुन्।

दिनभर विद्यालयमा व्यस्त रोकाया फुर्सदको समयमा गाउँमै किरान र फैन्सी पसल सञ्चालन गरेका थिए। पसलमा सबै उधारो जाँदै रकम उठाउन गाह्रो  भएपछि  पसलको व्यवसाय छोडेर उनले  पाँच वर्षदेखि  विद्यालय पछिको  फुर्सदको समय  फलफूल खेती  गर्ने गरेका छन्। अहिले उनको जग्गामा फल दिने दुई सय ५० अनारको बोट छन्। नर्सरीमा दुई हजारभन्दा बढी अनारका बिरुवा छन्।  स्थानीय जातका केरा कागतीले पनि फल दिन थालेका छन्। परीक्षणका लागी आँप, लिची अगुंर, ड्रागन, उखु, किबीसमेत रोपेका छन्। खाली जग्गामा प्याज, लसुन, खुर्सानी, टमाटर काउलीलगायतका तरकारी लगाउछन्। सँगै कुखुरा बाख्रा र एक भैंसीसमेत पालेका रोकायाले तरकारी तथा फलफूलले बजार नपाउँदा दुःख गरेर उत्पादन गरेका वस्तु खेर जाँदा भने दुःख मानेका छन्। 

विद्यालयको फुर्सदको समयमा मात्र यो व्यवसायमा संलग्न भएको अन्य समयमा बजार व्यवस्थापनदेखि गोडमेलसम्मका काममा रोकायाकी पत्नी मनरूपाले गर्ने गरेको उनले बताए। फलफूल, तरकारी उत्पादन हेर्दा साह्रै खुसी लाग्छ तर उत्पादन पछि यसले बजार नपाउँदा साह्रै दुःख लागेको छ। ‘उत्पादन भएका फलफूल तथा तरकारी बजार नपाउँदा आफन्त र गाउँलेलाई बाँड्ने गरेका छौं केही फलफूल तर तरकारी सडेर जाने गरेको छ।’ रोकायाकी पत्नी मनरूपाले बताइन्। 

प्राविधिक ज्ञान नभएकाले अनारमा विभिन्न किसिमका रोग लाग्ने गरेको छ। रोगबाट बचेका फलफूलको बजार छैन्। सडक यातायात छैन। यो वर्ष अनारबाट २ लाख ५० हजारसम्म आम्दानी हुने अनुमान दम्पतीहरूको छ। फल पाक्ने बेला फलको भित्र लाभ्राले सखाप पार्ने रोगले हैरानी बनाएको छ। अहिलेसम्म बजार व्यवस्थापनदेखि प्राविधिक सहयोग कसैबाट नपाएको रोकायाको गुनासो छ। 

यो व्यवसायमा दुई जनालाई रोजगारसमेत रोकायाले दिएका छन्। उनीहरूले बिरुवा काँटछाँटदेखि गोडमेल गर्ने गरेका छन्। गाउँ नजिकै कृषि व्यवसायमा रोजगार पाउँदा खुसी भएको बताउँछन्। साथै यो व्यवसायमा लागेकै कारण उनीहरूले जग्गामा समेत अनार, केरा खेती सुरु गर्न थालेका छन्।

सात हजार वर्ग क्षेत्रफलमा व्यावसाहिक फलफूल खेती गरेका कृषक रोकायाले यो स्थान जिल्लाको अन्य क्षेत्रभन्दा गर्मी हुने भएकाले परीक्षणका लागि यो वर्षबाट तराईमा फल्ने अन्य जातका फलफूलका बिरुवासमेत रोप्ने योजना बनाएका छन्।  अहिले भएका फलफूल र तरकारीको बजार व्यवस्थापनका लागि गाउँपालिकालगायत अन्य सरोकारवाल निकायले सहयोग गरे आफूजस्तै गाउँका अन्य कृषकहरू पनि यो व्यवसायमा संलग्न हुने सोच बनाएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.