इङ्ल्यान्डलाई शृंखला

इङ्ल्यान्डलाई शृंखला

लन्डन : घरेलु टोली इङ्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय शृंखला जितेको छ। लर्ड्समा शनिबार राति भएको दोस्रो एकदिवसीय खेलमा पाकिस्तानलाई ५२ रनले पराजित गर्दै इङ्ल्यान्डले एक खेल बाँकी छँदै शृंखला जितेको हो। जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा २–० को अग्रतासमेत बनाएको छ। दुई टोलीबीचको अन्तिम तथा तेस्रो एकदिवसीय खेल मंगलबार हुनेछ।

इङ्ल्यान्डले दिएको २ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान ४१ ओभरमा एक सय ९५ रनमा समेटिएपछि इङ्ल्यान्डले सहज जित निकालेको हो। पाकिस्तानका लागि साउद सकिलले ५६ रनको अर्धशतकीय पालि खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यसैगरी हसन अलीले ३१, सादव खान २१, सोयब मक्सुद र कप्तान बाबर आजमले समान १९, साहिन अफ्रिदीले १८ र फाखर जामनले १० रन बनाए। पाकिस्तानलाई सस्तैमा समेट्न इङ्ल्यान्डका लेविस ग्रेगोरीले तीन विकेट लिए । क्रेग ओभर्टन, साकिब महमुद र म्याथु पार्किनसनले दुई/दुई विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इङ्ल्यान्डले ४५.२ ओभरमा अलआउट हुँदै दुई सय ४७ रन बनाएको थियो। इङ्ल्यान्डका लागि फिलिप साल्ट र जेम्स भिन्सले अर्धशतकीय पाली खेलेका थिए। साल्टले र भिन्सले ५६ रन बनाए। यसैगरी लेविस ग्रेगोरीले ४०, ब्रायडन कारसेले ३१, कप्तान बेन स्टोक्सले २२ र जोन सिम्पसनले १७ रन बनाएका थिए। पाकिस्तानका हसन अलीले पाँच विकेट लिएका थिए। यस्तै हरिस राउफले दुई तथा साहिन अफ्रिदी, सदाब खान र साउद सकिलले एक/एक विकेट हात पारे। यसअघि कार्डिफमा भएको पहिलो खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई नौ विकेटले पराजित गरेको हो।

घोषणा गरेको टोलीका तीन खेलाडी र कोचिङ स्टाफसहित सात जनामा कोरोना संक्रमण देखिएपछि इङ्ल्यान्डले पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाका लागि आपत्कालीन रूपमा बेन स्टोक्सको कप्तानीमा नयाँ टोली घोषणा गरेको थियो। अलराउन्डर बेन स्टोक्स इङ्ल्यान्डको एकदिवसीय टोलीको पहिलो पटक कप्तान बनेका हुन्। १८ सदस्यीय टोलीमा नौ खेलाडीले पहिलो पटक स्थान बनाएका थिए। फिलिप साल्ट, जोहन सिम्पसन, डेविड पेनी, ड्यान लरेन्स, विल ज्याक्स, टम हेल्म, लुइस ग्रेगरी, ज्याक क्रली र ब्रायडन क्रसेले पहिलो पटक इङ्ल्यान्डको एकदिवसीय टोलीमा स्थान बनाएका हुन्। अधिकांश नयाँ खेलाडी रहेको इङ्ल्यान्डले पाकिस्तानमाथि दुवै खेलमा प्रभावशाली जित निकाल्दै शृंखला जित्न सफल भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.