दुई छोरीसहित श्रीमती जलाउन खोज्ने फरार अभियुक्त ६ वर्षपछि पक्राउ

दुई छोरीसहित श्रीमती जलाउन खोज्ने फरार अभियुक्त ६ वर्षपछि पक्राउ

सन्धिखर्क : आगलागीबाट ज्यान मार्ने उद्योग मुद्धामा कैद सजाय पाएका फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला हरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोली उनलाई गत शुक्रबार २५ गते पक्राउ गरेको हो ।

घटना लगत्तै भुमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । केही दिनपछि धरौटीमा छुटेका तुलबहादुर जिल्ला अदालत अर्घाखाँचीले २०७३ साल वैशाख ७ गते ३ वर्ष १० महिना २८ दिन जेल सजायको फैसला सनाएको थियो । त्यसपछि उनी फरार थिए।

भरतपुर महानगरपालिका वडा नं. ११ अमनचोक भन्ने स्थानमा लुकिछिपि बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ल्याएको प्रहरी नायव उपरीक्षक अम्मर थापाले बताए ।

अहिले उनलाई अर्घाखाँची जिल्ला अदालतको आदेश कैद भुक्तान गर्न लागि जिल्ला कारागार अर्घाखाँची चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । 

घटना आज भन्दा ६ वर्ष अघि अर्थात् २०७२ साल कात्तिक ६ गतेको हो । भुमिकास्थान नगरपालिका ३ निवासी तुलबहादुर बन्जाडेले  अत्यधिक मदिरा सेवन गरी मात्तिएर घरमा आगो लगाइ छोरी र श्रीमतीलाई जलाउने प्रयास गरेका थिए ।  

साँझ ५ बजेतिर अत्यधिक मदिरा सेवन गरी घरमा आएका बन्जाडेले घरमा रहेकी श्रीमतीसँग भनाभन भएपछि छोरीसहित घरमा रहेकी श्रीमतीलाई मार्न भनी राति आफ्नै घरमा आगो लगाएका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.