राजनीतिबाट सन्न्यास

राजनीतिबाट सन्न्यास

चेन्नई : दक्षिण भारतीय चलचित्र क्षेत्रका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्न्यासको घोषणा गरेका छन्। उनले सोमबार आफ्नो राजनीतिक दल ‘रजनीकान्त मक्कल मन्द्रम’ विघटन गरेका हुन्। 

रजनीकान्तले भविष्यमा राजनीतिमा फर्किने आफ्नो कुनै पनि सोच नभएको बताउँदै पार्टीका सबै नेताहरूसँग गहन छलफल गरेपछि दल विघटनको निर्णय लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। रजनीकान्तको नयाँ संगठनले अब ‘रजनी फ्यान क्लब एसोसिएसन’को नामबाट जनताको सेवा गर्नेछ।

सन् २०१८ मा ‘रजनीकान्त मक्कल मन्द्रम’ स्थापना गरिएको थियो। ‘आफ्नो स्वास्थ्यका कारण मैले राजनीतिक जीवनलाई अगाडि बढाउन सकिनँ। संगठनका सदस्यहरूसँगको गम्भीर छलफलपछि मैले रजनीकान्त मक्कल मन्द्रम विघटन गर्ने निर्णय गरेको हुँ’, रजनीकान्तले आफ्नो बयानमा भनेका छन्, ‘पार्टीका साथीहरूलाई पनि अरु राजनीतिक दलमा लाग्न मार्ग प्रशस्त गरिदिएको छु।’ 

रजनीकान्तले गत वर्षको डिसेम्बर २९ मा आफ्नो स्वास्थ्य अवस्थाका कारण चुनावी राजनीतिबाट आफूलाई टाढा राख्ने निर्णय लिएका थिए। उनले सो समयमा एक पत्र लेख्दै राजनीतिमा नउत्रिए पनि जनताको सेवा भने निरन्तर रुपमा लागिपर्ने उल्लेख गरेका थिए। रजनीकान्तले यो फैसलाबाट आफ्ना फ्यानहरू निराश भए पनि आफूलाई माफ गरिदिन आग्रह गरेका छन्। रजनीकान्त केही दिन अघि मात्र अमेरिकामा उपचार गरेर फर्किएका थिए। उनलाई डाक्टरले शरीरलाई धेरै भार पर्ने काम नगर्न सुझाव दिएका छन्। रजनीकान्त सन् २०१७ देखि भारतीय राजनीतिमा सक्रिय भएका थिए। केही समय अघि ‘अन्नाथे’ चलचित्र सकाएका रजनीकान्तको  लामो समयसम्म चलचित्रको सुटिङमा व्यस्त हुँदा स्वास्थ्यमा केही समस्या देखिएको थियो। त्यही कारण उनी नियमित परीक्षणका लागि अमेरिका उडेका थिए। रजनीकान्त चेन्नई एयरपोर्टबाट चार्टर्ड प्लेनमा कतारको दोहा हुँदै त्यहाँबाट नियमित उडानमा अमेरिका गएका थिए। उनीसँगै उनकी पत्नी लता पनि अमेरिका गएकी थिइन्। 

उनको गत डिसेम्बरमा उनको ब्लड प्रेसर निकै बढेको थियो। त्यही कारण उनले केही दिन अस्पतालमा बिताएका थिए। त्यसपछि उनले राजनीतिबाट अलग भएर चलचित्रमा मात्र ध्यान दिने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.