इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा ६० जनाको मृत्यु

इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा ६० जनाको मृत्यु

इराकको एक कोरोना भाइरस अस्पतालमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु र ७० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। दक्षिण इराकको नसिरियास्थित अल हुसेन अस्पतालमा भएको आगलागी सोमवार साँझ नियन्त्रण गरिएको छ। आगलागीको कारण स्पष्ट नभए पनि अक्सिजन ट्याङ्की पड्किएर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इराकी प्रधानमन्त्री मुसतफा अल-कदिमिले अस्पतालको प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्। बिरामीका आफन्तहरूले अस्पताल भवन बाहिर प्रदर्शन गरेका थिए। प्रहरीसँग झडप भएको र दुई वटा प्रहरीको सवारीमा आगो लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ। अस्पतालको नयाँ वार्डमा ७० शय्या भएको र त्यो तीन महिनाअघि मात्रै निर्माण गरिएको त्यहाँका चिकित्सकहरूले एपी समाचार संस्थालाई बताएका छन्। एक क्षेत्रीय अधिकारीका अनुसार सो आगलागी हुँदा अस्पताल भवनभित्र कम्तीमा ६३ मानिसहरू थिए। 

'कोरोनाभाइरस वार्डभित्र निकै ठूलो विस्फोटको आवाज सुनेँ र त्यसलगतै आगलागी भयो,' अस्पतालको एक सुरक्षा गार्डले रोयटर्सलाई बताए। अस्पतालमा खोजीकार्य जारी रहेको बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.