भारतमा थप ३८ हजार नयाँ संक्रमित

भारतमा थप ३८ हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरसबाट नयाँ ३८ हजार ७९२ जना संक्रमित भएका छन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक संक्रमितको संख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ संक्रमित थपिएका थिए ।  

भारतमा अहिलेसम्म भाइरसबाट मृत्यु भएकाहरुको कुल संख्या चार लाख ११ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले थप ४१ हजार जना संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै रहेकाले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्यापनि कम भएको छ । 

भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख २९ हजार ९४६ रहेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण थप ६२४ जनाको मृत्यु भएको पनि मन्त्रालयले बुधबार जानकारी दिएको छ ।  

भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या तीन करोड नौ लाख ४६ हजार ७४ पुगेको छ भने ती मध्ये तीन करोड एक लाख चार हजार ७२० जना संक्रमणमुक्त भएका छन् । कोरोना भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ५९ लाख ७३ हजार ६३९ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख १५ हजार ५०१ जनाको स्वाब परीक्षण जुलाई १३ का दिन भएको छ । 

भारतमा अहिलेसम्म ३८ करोड ७६ लाख ९७ हजार ९३५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ३७ लाख १४ हजार ४४१ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.