सिड्नीमा फेरि लकडाउन घोषणा

सिड्नीमा फेरि लकडाउन घोषणा

अष्ट्रेलियाको सिड्नीमा लकडाउनको समयावधि फेरि थप गरिएको छ। सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो । 

नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुने भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।

'हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्रमण अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो,' स्वास्थ्य मन्त्रालयलद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

लकडाउनमा लागु हुने नियमहरुलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सवैलाई आग्रह गरेका छन् । लकडाउनको समयावधि थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.