इङ्ल्यान्डको क्लिन स्विप

इङ्ल्यान्डको क्लिन स्विप

लन्डन : घरेलु टिम इङ्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय शृंखला क्लिन स्विप गरेको छ। मंगलबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै इङ्ल्यान्डले शृंखला ३–० ले जितेको हो।

बर्मिङ्घममा पाकिस्तानले दिएको तीन सय ३२ रनको विशाल लक्ष्य इङ्ल्यान्डले ४८ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो। इङ्ल्यान्डको जितमा जेम्स भिन्सले शतकीय पालि खेलेका थिए। करियरमै पहिलो शतक बनाएका उनले १ सय २ रन बनाए। उनले ९५ बलमा ११ चौका हिर्काए। लेविस ग्रेग्रोरीले ७७ रनको अर्धशतकीय पाली खेलेका थिए। यसैगरी जाक क्रलीले ३९, फिलिप साल्टले ३७, कप्तान बेन स्टोक्सले ३२, क्रेग ओभरटनले १८ र ब्रायडन कारसेले १२ रन बनाए। पाकिस्तानका हरिस राउफले चार विकेट लिए। यसैगरी सदाव खानले दुई तथा हसन अलीले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५८ रनको शतकीय पाली खेलेका थिए। उनले १ सय ३९ बलमा चार छक्का र १४ चौका हिर्काए। यो उनको खेल जीवनकै सर्वाधिक रन हो। यसैगरी  मोहमद रिजवान र इमाम उल हकले पनि अर्धशतकीय पालि खेलेका थिए। रिजवानले ७४ र इमाम उल हकले ५६ रनको योगदान दिएका थिए। इङ्ल्यान्डका ब्रायडन कारसेले पाँच विकेट लिए। यसैगरी सकिब महमुदले तीन तथा म्याथु पार्किन्सनले एक विकेट हात पारे।

यसअघि घरेलु टोली इङ्ल्यान्डले पहिलो खेल नौ विकेटले आफ्नो पक्षमा पारेको थियो। यसैगरी दोस्रो एकदिवसीय खेल पनि ५२ रनले जितेको थियो। अब इङ्ल्यान्ड र पाकिस्तानबीच तीन खेलको टीट्वेन्टी शृंखला हुनेछ। पहिलो टीट्वेन्टी खेल शुक्रबार राति हुनेछ।

पहिले घोषणा गरेको टोलीका तीन खेलाडी र कोचिङ स्टाफसहित सात जनामा कोरोना संक्रमण देखिएपछि इङ्ल्यान्डले पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाका लागि आपतकालीन रूपमा बेन स्टोक्सको कप्तानीमा दोस्रो रोजाइको नयाँ टोली घोषणा गरेको थियो। अलराउन्डर बेन स्टोक्स इङ्ल्यान्डको एकदिवसीय टोलीको पहिलोे पटक कप्तान बनेका हुन्। १८ सदस्यीय टोलीमा नौ खेलाडीले पहिलो पटक स्थान बनाएका थिए। फिलिप साल्ट, जोहन सिम्पसन, डेविड पेनी, ड्यान लरेन्स, विल ज्याक्स, टम हेल्म, लुइस ग्रेगरी, ज्याक क्रली र ब्रायडन क्रसेले पहिलो पटक इङ्ल्यान्डको एकदिवसीय टोलीमा स्थान बनाएका हुन्। अधिकांश नयाँ खेलाडी रहेको इङ्ल्यान्डले पाकिस्तानमाथि तीन वटै खेलमा प्रभावशाली जित निकाल्दै शृंखला जित्न सफल भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.