पाकिस्तानका पूर्व राष्ट्रपति हुसेनको निधन

पाकिस्तानका पूर्व राष्ट्रपति हुसेनको निधन

पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ। लामो समय बिरामी रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो । 

पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । उनीपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ औँ ​पाकिस्तानी राष्ट्रपति रूपमा काम गरेका थिए ।

गत वर्ष फेब्रुवरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि कराँचीको एक निजी अस्पतालमा उनको उपचार चलिरहेको थियो । उनको उपचारका क्रममा निधन भएको हो । 

हुसेनका श्रीमती र तीन छोरा छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.