युरोपमा शताब्दीकै ठूलो बाढी

युरोपमा शताब्दीकै ठूलो बाढी

बर्लिन : पश्चिमी यूरोपमा आएको एक भीषण बाढीमा परी कम्तीमा ४६ जनाले ज्यान गुमाएका छन्। त्यहाँका अधिकारीहरूले शताब्दीकै ठूलो वर्षाका कारण उक्त बाढी आएको जनाएका छन्। 

देशको पश्चिमी र दक्षिणी भागमा आएका बाढीमा परी जर्मनीमा ७० जना बेपत्ता रहेका र कयौं घरहरू डुबानमा परेका त्यहाँको प्रहरीले जानकारी दिएको छ। बाढीबाट सबैभन्दा बढी प्रभावित जर्मनीमा ४० जनाको मृत्यु भएको छ भने बेल्जियममा ६ जनाको मृत्यु भएको छ। लग्जम्बर्ग र नेदरल्यान्ड्स पनि बाढीले नराम्रोसँग प्रभावित भएका छन्। जर्मनीका केही स्थानहरूमा एक शताब्दीको अन्तरालमा यतिको ठूलो वर्षा नभएको जर्मन मौसम सेवाका प्रवक्ता एन्ड्रिस फ्रेड्रिचले बताए। उनले भने, ‘कतिपय ठाउँमा पहिले पर्नेभन्दा दोब्बर मात्रामा पानी परेका कारण आएको बाढीले ठूला भवनलाई पनि बगाएको छ।’

वासिङ्टन डीसीको भ्रमणको क्रममा रहेकी जर्मन चान्सलर एन्जेला मर्केलले आफ्नो देशमा आएको विनाशकारी बाढीलाई विपत्तिको संज्ञा दिएकी छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटवार्ता अगाडि आयोजित पत्रकार सम्मेलनमा चान्सलर मर्केलले आफू वासिङ्टनमा भए पनि आफ्नो मन र विचारहरू जन्मभूमिका जनतासँगै रहेको बताइन्। 

तत्कालका लागि उद्धार कार्यमा जोड दिइएको जनाउँदै बाढी पीडितको दीर्घकालीन रूपमा कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमा आफ्नो देशको अर्थमन्त्री ओलफ स्कोल्जसँग निरन्तर सम्पर्कमा रहेको पनि उनले बताइन्।

बेल्जियमको बाढी प्रभावितको उद्धारका लागि फ्रान्सको नागरिक सुरक्षा समितिका कामदारहरू आइपुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.