नीति, प्रीति र राजनेता

नीति, प्रीति र राजनेता

कुरा सुन्नु बुढाको, आगो ताप्नु मूढाको, यो उखान त्यतिकै बनेको होइन। पूर्वीय धर्म, दर्शन, शास्त्रहरूमा भनिएको छ, हरेक घर, समाज र देशमा वृद्धहरू बेसहारा हुनुहुन्न। वृद्धको महŒव बुझ्ने जापान अहिले जापान बनेको छ र युवालाई जिम्मेवार बनाउन सक्ने थाइल्यान्ड आजको थाइल्यान्ड बनेको हो। जहाँ पाको मान्छे हुन्न, त्यहाँ सभाको अर्थ रहन्न। ज्येष्ठनागरिक भन्छौं तर उमेर ढल्केकाहरूको दसा भने बुझ्दैनौं। तिनको मनोदशा विचारणीय छ, अस्पतालमा लाइन बस्नु पर्ने, धारा, बत्तीको पैसा तिर्ने ठाउँमा लाइनै बस्नु पर्ने, भाडा कम दिन्छन् भनेर बुढाबुढीलाई खलासीले नदेखेजस्तो गरी गाडी हुइँक्याउने, घरपरिवारमा आयस्रोत नभएको काम दिन नसक्ने भन्दै हेलाको पात्र बन्ने के के हो के के ?

पूर्वीय दर्शनले जहिले पनि नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले अरूलाई बाँच्न देऊ भनेको छ। पाश्चात्य हावासँगै बगेको नयाँ पुस्ता र यसमै रुमल्लिएको समाजले के हो नीति खोज्दैन, के हो रीति बुझ्दैन, प्रीति त प्रेममा मात्र सीमित भयो। वास्तवमा मनलाई वशमा राख्नेले मात्रै ठीक काम गर्छ। कहिले पनि दम्भ नगर्ने, नियमित सन्तुलित जीवन चलाउने, अनियमित नहुने, आपूmले मार खानु परे पनि बदलाको भाव नलिने, अरूको मागेर जीविका नचलाउने, आपूmले केही अरूलाई दिन खोज्ने, अतिथिलाई जहिले पनि प्रश्रय दिने, कहिल्यै अरूको निन्दा नगरी सागरजस्तो ठूलो मन राख्ने, नित्य स्वाध्यायलाई नछोड्ने, धर्म, अधर्मको ख्याल राख्ने, माता, पिताको नित्य सेवा, सुश्रुसा गर्ने, दिनमा नसुत्ने व्यक्तिलाई कुनै कष्ट वा हैरानी खेप्नु पर्दैन।

मन, वचन र कर्मले खराब नचिताउने, पाप नगर्ने, कुनै प्राणीको हिंसा नगर्ने, राज्य अधिकारी भएर लोभ र लालचा राखी जनताको रैरकम नलिने, हरतरहले देश, समाजको रक्षा गर्ने, भूmठ नबोल्ने, शुभ कर्म देखाउनका लागि आडम्बर नगर्ने, दम्भी नबन्ने, मीठो बोल्ने, धनलाई उपकारी काममा लगाउने, वेद, विद्या, व्रत, निष्ठा नछोड्ने, निष्णात बन्ने, सबैको आत्मा समान देख्ने जितेन्द्रीय, रजोगुण र तमोगुणको तुलनामा सत्व गुण बढी भएको, कठिन विपत्तिमा पनि अनुशासन र धैर्य नछोड्ने यस्तो चरित्र भएको व्यक्ति नै नीतिज्ञ हो, शास्त्री हो। कुनै प्रमाणपत्रले शास्त्री वा विज्ञ हुने होइन, व्यावहारिक ज्ञानले भरिएको व्यक्तिलाई शास्त्रज्ञ भनिन्छ। भरिएको गाग्रो छचल्कँदैन।

अर्काको सम्पतिमा जलन नभएको, सधैं देवताको सम्मान गर्ने, हर प्राणीमा समभाव राख्नु धार्मिक व्यक्तिको लक्षण हो, भागवतमा ईश्वरले अहं सर्वेषु भूतेषु भन्नु भएको छ, यसको अर्थ हुन्छ म हर प्राणीमा छु। भोग वासनाबाट टाढा रहने, परहितकारी, आशक्ति नभएको, विषयमा लिप्त नहुने, मनमा श्रद्धा र शान्ति लिने, अरूको आदर गर्ने र शरणागति सधैं सर्वेश्वरमा विश्वास गर्ने व्यक्ति नै पृथ्वीतलको देवता हो, संसारको कुनै कुनामा बसे पनि। कुनै भूगोलमा मात्र देवताको सीमित बास हुने होइन। पापी वा दानवी स्वभावले गुणीलाई पनि दोष देख्छ। उन्नति गर्न नसक्नेले उद्यमीको खोइरो खन्छ, दोषै, दोषमात्र देख्छ। इष्र्या उसको गुण हुन्छ, शुद्ध सुनमा पनि खोट देख्छ, लोभीले सबैलाई, अल्छीले तपस्वी, साधकलाई, मूर्खले विद्धान्लाई, दरिद्रले धनीलाई, कुरूपले रूपवान्लाई, पापीले धर्मातीमा खोट देख्छ। राजर्षि नल, राम, युधिष्ठीर, जनकलाई पनि खोट देख्नेहरू धेरै थिए। बुद्धलाई त हरपलमा गाली गरिएकै हो, सत्संगमा मान्छे लगेर घरबार बिगा¥यो भनेर। आशुतोष शिवमा खोट देख्नेहरू पनि थिए।

यस्तो सुनेर पार्वतीलाई हिँडाएर शिवजी आपूmमात्रै बयल चढ्न थालेछन्, पथिकहरूलाई छट्पटी भएछ र भन्न लागेछन्, लाज नभएको महिलालाई अपमान गर्ने। फेरि शिवले यस्तो सुनेर दम्पत्ति पैदल हिँड्न थालेछन्, बयल पछि पछि आउँदो रहेछ, शिवजीको कुरा काट्नेहरूले भन्न लागेछन् लोभी, साँढेलाई खान दिनु पर्ला भनेर, आपूm सडकछाप हुने। केही गर्दा पनि शिवजीको कुरा काट्न छोडिएन, रामको कुरा धोबीले काट्यो, पब्लिक अडिटलाई बुझेर रामले पत्नी सीता नै जंगलमा लगेर वाल्मीकि आश्रममा छोड्न लगाए, नैतिकता त्यस्तो थियो। राजपाठमा नैतिकता भएन भने कानुन जता बटारे पनि बटारिन्छ। र, तर, तैपनि, किन्तु, परन्तु, मुद्दाका नौसिङ हुन्छ भनिन्छ। बृहस्पति सिद्धान्तलाई चार्वाक सिद्धान्तले निलिदिन्छ, चोरको समूहमा चोर भइदिएन भने फाल्तु हुने जमाना कलि हो। आजको समयले त्यही भन्दैछ। कुर्सीबाट झर्न नपाई देश र समाजलाई धारे हात लाउन सुरु भएका उदाहरण देख्दा अचम्म लाग्दैछ। 

तर निन्दा गर्नेसँग पनि क्रोध नगर्ने नीतिले भन्छ, कारण निन्दाले उसको पापलाई धोइदिन्छ। राज्य सञ्चालक पनि बुद्धिमान् हुनुपर्छ, तीक्ष्ण स्मरण शक्ति भएको, क्षमाशील, न्याय, अन्याय छुट्याउन सक्ने, समयलाई जान्ने, दुःखीको दुःख बुझ्न सक्ने, निरहंकारी, सबैमा समभाव राख्ने, सेवक, नागरिकको ख्याल गर्ने, उदार, कुशल, निर्भयी, कृतज्ञ हुन जरुरी छ। दुई महिनाको समय पनि आकलन गर्न नसक्नेलाई राजनेता भन्छौं, यस्तै परिवेशले हो १३ सालदेखिका हाम्रा आवधिक योजनाले फेल खाएका। काम गर्दा गल्ती हुन्छ तर गल्तीको ठेलीचाहिँ हुन्न। उहिल्यै चाणक्यले भनेका थिए, फूलको बास्ना हावाको दिशासम्म मात्र हुन्छ तर व्यक्तिको कीर्ति संसारभरि चारै दिशामा पैmलिएको हुन्छ। अप्रिय र कटू भाषण नगर्ने अधम र असत्यबाट टाढा रहने शास्त्रको ज्ञाता, सम्पूर्णमा न्याय दिन सक्ने, सात्विक, सिद्धान्तमा अडिक हुने नै राजनेता हुन सक्छ। 

संसारको सिर्जना हुँदा ब्रह्मज्ञानी ब्राह्मण मात्रै सृजित भएका हुन्, त्रेताको रावण ब्राह्मणै त हो। बदनामी काम नगर्ने, सत्यको मात्रै सहारा लिने, गोरो वर्णको, सत्व गुणमात्रै भएको ब्राह्मण हुन्थ्यो, समयको अन्तराल मानिसमा रजो र तमो गुणहरू बढ्न थाले। शूरता, वीरता, राज्यका धारणाहरू विकास हुन थाले। विस्तारै क्षत्रीय गुण, व्यापार, व्यवसाय, सेवाक्षेत्रका कार्यहरूमा व्यापक वृद्धि हुन थाल्यो। कामअनुसार वर्ग, वर्ण व्यवस्था हुन थाल्यो। विश्वकर्माले स्वर्ग बनाए, एउटै शरीर काम अनुसारको अंग भनेभैंm ईश्वरीय सृष्टिमा पृथकता देखियो। कुनै अंगमा चोट लाग्नासाथ अर्को अंग  शिथिल भइहाल्छ, सृष्टिमा ठूलो, सानो भन्ने हुन्न। त्ससका लागि आधुनिक समयमा ऐन, कानुन धेरै बने तर मन कानुन बनेन। मन कानुन नीति हो, रीति हो र प्रीति ! जुन राजनीतिमा पनि हुनै पर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.