लगानीकर्तामा उत्साह

लगानीकर्तामा उत्साह

काठमाडौं : सेयर बजारमा उत्साह थपिएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सेयर बजार सकारात्मक दिशातर्फ अघि बढेको छ। पछिल्लो राजनीतिक घटनाक्रमसँगै लगानीकर्तामा उत्साह थपिएको छ। लगानीकर्ताले ढुक्कले सेयरबजारमा लगानी गर्न थालेका छन्। नियमक निकाय नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको लगानी जोखिम भन्दै सूची सार्वजनिक गरेपछि एकाएक सेयर बजार खराब स्थितिमा पुगेको थियो। तर नयाँ आर्थिक वर्ष लागेको पहिलो दिनमै कारोबार उत्साहजनक रूपमा अघि बढेको छ। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले पछिल्लो समयमा सेयर बजारमा सुधार हुँदै आएको बताए। ‘सेयर बजारले अब छिट्टै रेकर्ड कायम गर्नेछ’ उनले भने। उत्साहजनक ढंगले अघि बढिरहेको अवस्थामा सेबोनले ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि असार महिनाभर सेयर बजार ओरालो लागिरह्यो। २० अर्बसम्म कारोबार भएको भएकोमा ४ अर्बसम्म पुगेको थियो। त्यस्तै ३०२५ अंक सम्म पुगेको सेयर बजार इन्डेक्स २८०० सम्म झरेको थियो। 

तर नयाँ आर्थिक वर्षको कारोबार सुरु दिन आइतबार बजार ९७.२१ अंकले बढेर परिसूचक २९८०.७१ बिन्दुमा पुगेको छ। २ सय २१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ। आइतबार ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ सबै समूहका उपसूचकका कारोबारमा निकै सुधार देखिएको छ।

समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप, सिंगटी हाइड्रो इनर्जी र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। मञ्जुश्री फाइनान्सको ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, नबिल बैंकको ३८ करोड ६३ लाख, अरुण भ्याली हाइड्रो पावरको ३७ करोड ६८ लाखको कारोबार भएको छ। एनआईसी एसियाको ३५ करोड ३५ लाख र कामना सेवा विकास बैंकको ३४ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

सबै उपसमूह हरियो भएको बजारमा जीवन बिमा समूह ६ सय ४८ अंकले बढेको छ। निर्जीवन बिमा समूह ४ सय ४१ अंक, विकास बैंक समूह २ सय ३३ अंक, लघुवित्त समूह १ सय ९० अंक, उत्पादन समूह १ सय ६५ अंक र बंैकिङ समूह ९२ अंकले बढेको छ। 

अध्यक्ष रौनियार २० अर्बको कारोबार र ३०२५ रुपैयाँको सूचक रेकर्ड छिट्टै तोड्ने बताउँछन्। भन्छन्, ‘केही सीमित स्वार्थ समूहले २८०० बाट अझै घटाउन र त्यसबाट लाभ लिन खोजेको थियो।’ उनले भने, ‘त्यसभन्दा नेप्से सूचक त्योभन्दा तल घट्न मानेन।’ राजनीतिक माहोल राम्रो देखिएकाले पनि सेयर बजार राम्रो ढंगले अघि बढ्ने उनको विश्लेषण छ। पुँजी बजारका विषयमा अर्थमन्त्री सकारात्मक भएको र स्वभावैले प्रधानमन्त्री पनि पुँजीबजारको विपक्षमा नहुने भएकाले पनि पुँजीबजार अझ बढेर जाने उनले बताए। मौद्रिक नीति पनि लगानीकर्तामैत्री आउने संकेत देखिएकाले लगानीकर्तामा उत्साह थपिएको लगानीकर्ताहरू बताउँछन्। 

धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर जोखिम भन्दै सूची सार्वजनिक गरेपछि ३ अर्ब आसपासमा कारोबार भएको थियो। तर एक महिनाकै अवधिमा ११ अर्ब बढीको कारोबार भएकोे छ। पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलका अनुसार ५१ कम्पनीको सूची निकालेपछि केही नकारात्मक प्रभाव परे पनि पछिल्लो समयमा लगानीकर्ता सजग भएर कारोबार गरिरहेका छन्। ‘बैंकको तरलता हुँदासम्म पुँजीबजार बढ्छ’ उनले भनिन्, ‘बैंकको ब्याजदर अझै घट्ने भएकाले पुँजीबजारको कारोबार बढ्ने देखिन्छ।’

 नियमक निकाय लगानीकर्ताको अभिभावक भए पनि त्यसअनुरूप जिम्मेवारी बहन नगरी पुँजीबजारलाई नियन्त्रण गर्न खोजेको लगानीकर्ताको आरोप छ। ‘नियमक निकायले नियमन गर्ने हो, गल्ती गर्ने संस्थालाई कारबाही गर्ने हो’ अध्यक्ष रौनियारले भने, ‘नियन्त्रण गर्ने होइन।’ लगानीकर्ताले कम्पनीको प्रोफाइल बुझेर नै लगानी गर्न सक्ने उनको भनाइ छ। 

संघका अध्यक्ष पोखरेलले पनि नियमक निकायले कम्पनीको हातखुट्टा बाँधेर नियन्त्रण गर्नेभन्दा पनि नियमन गरेर बदमास गर्ने कम्पनीलाई कारबाही गर्न सक्नुपर्ने बताइन्। 

कुनै समय २० करोडको कारोबार हुन पनि मुस्किल भइरहेको बेला गत जेठमा महिनामा मात्रै तीनवटा भन्दा बढी रेकर्ड कायम भएका थिए। कारोबार मात्र नभई सेयर बजारका सबै सूचक सकारात्मक ढंगले अघि बढिरहेका बेला सेबोनले अनुसन्धान गरिरहेको जोखिम रहेका ५१ कम्पनीको सूची सार्वजनिक भएपछि सेयर बजारमा नकारात्मक पहिरो गएको थियो। 

देशको जीडीपी ४५ खर्बको छ। पुँजीबजार त्यसको हाराहारीमा पुग्न थालिसकेको छ। अहिले पुँजीबजार ४१ खर्बको छ। यो बजेटको अढाई गुणा बढी हो। पुँजीबजारको आकार बढेर चिन्ता लिनु नपर्ने विश्लेषकहरू बताउँछन्। मार्केट बढ्नु जोखिम नभई दीर्घकालीन विकासको आधार भएको सेयर विश्लेषकहरू बताउँछन्। फोरमका अध्यक्ष रौनियारले पुँजीबजारप्रति नकारात्मक सोच राख्ने राजनीतिक नेतृत्व पनि पछिल्लो समयमा सकारात्मक बनेको उदाहरण प्रस्तुत गर्छन्। ‘सेयर बजार उत्पादनको आधार हो’ उनले भने, ‘यसलाई नियन्त्रण गर्नेभन्दा पनि नियमन गर्नतर्फ ध्यान दिनुपर्छ।’

सेयर बजारको उत्साहले अब देश गरिबीमै रहन सक्दैन भन्ने देखाउँछ। कुनै पनि काम गर्नका लागि ससाना लगानीबाट अर्बौं रकम उठाउन सकिने सम्भावना प्रशस्त देखिएको सेयर बजारको कारोबारबाट प्रष्ट देखिएको छ। आईपीओमा मागको थोरै प्रतिशत मात्रै सर्वसाधारणले पाइरहेका छन्। जसले गर्दा सरकारले नमुना परियोजना सञ्चालन गरी सर्वसाधारणबाटै लगानी उठाउन सक्ने सम्भावना प्रशस्त देखिएको लगानीकर्ताहरू बताउँछन्।  कोभिडले बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर, बिमालगायतको आम्दानीमा कमी भएको नभएको कारोबारले देखाउँछ। 

अर्थविद् ज्ञानेन्द्र अधिकारी अर्थतन्त्रको महŒवपूर्ण सूचकमध्ये सेयर बजार पनि एक भएकाले सरकारले दीर्घकालीन योजना ल्याएर सेयरको पैसा पूर्वाधार विकास, उत्पादनमूलक उद्योगमा लैजान नीतिगत व्यवस्था गर्नुपर्ने बताउँछन्।  जुनसुकै व्यक्ति अर्थमन्त्री भए पनि प्रभाव नपर्ने गरी सेयर बजार निरन्तर अघि बढ्ने व्यवस्था आवश्यक भएको उनी ठान्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.