‘उपचार महँगो छ, सरकारले सहयोग गर्नुपर्छ’

‘उपचार महँगो छ, सरकारले सहयोग गर्नुपर्छ’

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा हालसम्म कति जनाको कलेजो प्रत्यारोपण गर्नुभयो ?

हामीले पाँच जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरेका छौं । सबै प्रत्यारोपण सफल भएका छन् । अब अर्को प्रत्यारोपण पनि सुरु गर्ने योजना छ ।

कोरोना भाइरस महामारीको असर प्रत्यारोपणमा पनि पर्‍यो होइन त ? 

पाँचौं प्रत्यारोपण गर्ने बेला निषेधाज्ञा सुरु भएको थियो । कोरोना महामारिका कारण छैटौं प्रत्यारोपण गर्न लाग्दा स्थगन गर्नुप¥यो । महामारी हुनुअघि कलेजो प्रत्यारोपण गर्नुपर्ने खालका २–३ जना बिरामी आउँथे । 

कलेजो प्रत्यारोपण महिनापिच्छे गर्ने योजना छ कि ? 
महिनामा एक जनाको कलेजो प्रत्यारोपण गर्न सकिन्छ । यसका लागि सबै कुरा मिल्नुपर्छ ।  बिरामीको स्वास्थ्य र आर्थिक अवस्था पनि अनुकूल भए महिनामा एउटा प्रत्यारोपण गर्न नसकिने होइन । महिनामा एक व्यक्तिको कलेजो प्रत्यारोपण गर्न सक्छौं । 

कतिपय बिरामीमा कलेजो प्रत्यारोपण गर्ने इच्छा भए पनि पूरा हुँदैन । यसमा खास कारणहरू के–के हुन्छन् ?  
कसैसँग प्रत्यारोपणमा लाग्ने खर्च जुटाउनै समस्या परिरहेको हुन्छ । कसैले कलेजो दाता नै पाइरहेका हुँदैनन् । कलेजो दिने व्यक्ति पाइए पनि कसैको एनाटोमी, रगतलगायत विविधि पक्ष नमिलेर प्रत्यारोपणमा बाधाव्यवधान हुन पुग्छ ।  

कलेजो प्रत्यारोपण गर्नुअघि कुन–कुन अंगको परीक्षण गरिन्छ ?
बिरामीको कलेजोको अप्रेसन गर्न मिल्छ÷मिल्दैन ? त्यो जाँच गर्नुपर्ने हुन्छ । होल बडी चेकजस्तै  विभिन्न परीक्षण गरिन्छ । कलेजो, छाति, मुटुको पनि जाँच गर्नुपर्ने हुन्छ । 
कलेजो दाताको पनि परीक्षण गर्न पर्ने हुन्छ । कुनै रोग छ÷छैन जाँच गरिन्छ । रगत, कलेजो, मिर्गौलाको जाँच गरिन्छ । सिटिस्क्यान, एमआरआई गर्नुपर्ने हुन्छ । 

कलेजोको शल्यक्रिया एवं प्रत्यारोपणका क्रममा सामान्यतयाः समय कति लाग्छ ? 
सामान्यतः १० देखि १२ घण्टा लाग्छ । कलेजोदाताको शल्यक्रिया गरी कलेजो लिने व्यक्तिमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । कसैको अलि चाँडै पनि हुनसक्छ ।  अलि गाह्रोसाह्रो भएको अवस्थामा १६ घण्टासम्म लाग्छ । औसतमा १० घण्टा जति लाग्छ । 

प्रत्यारोपणका क्रममा  र प्रत्यारोपणपछि देखिन सक्ने संभावित जटिलता के–के हुन् ?
कलेजो दान गर्ने दाताको कलेजो सर्जरी गर्नुपर्छ । त्यस क्रममा लिक हुने वा अन्य जटिलता पनि उत्पन्न हुनसक्छ । प्रत्यारोपणका क्रममा अन्य अंगमा पनि चोट लाग्न सक्छ । यो संवेदनशील र जटिल कार्य हो । 
अनुभवी चिकित्सक र आधुनिक उपकरण भएकाले जटिलता हुने सम्भावना न्यून हुन्छ । कलेजो लिने व्यक्तिमा राखेको (प्रत्यारोपित)कलेजोले काम नगर्ने जोखिम पनि हुन्छ । नसाहरूमा ब्लक हुन सक्छ । संक्रमणको पनि जोखिम हुन्छ । शुरुको तीन ÷चार साता जोखिमपूर्ण मानिन्छ । त्यसकारण ४ देखि ६ साताको बीचमा बल्ल डिस्चार्ज गरिन्छ ।

कलेजो प्रत्यारोपण महँगो छ । यसलाई सबैको पहुँचयोग्य बनाउँदा के गर्नुपर्ला ?
महँगो भएका कारण पनि कतिपय बिरामीले समयमै प्रत्यारोपण गर्न पाएका छैनन । सरकारले मिर्गौला, क्यान्सरका बिरामीलाई झैं कलेजो प्रत्यारोपण गर्नुपर्ने खालका बिरामीलाई सहयोग गर्नुपर्ने खाँचो छ । 
हाल कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकको पनि संलग्नता रहने गरेको छ । यो अवस्थाको अन्त्य कहिले होला ? 
हाम्रो पूर्वयोजनाअनुरूप नै विदेशी चिकित्सकको पनि प्रत्यारोपणमा उपस्थिति भएको हो । १० देखि १२ वटासम्म प्रत्यारोपणमा उपस्थिति चाहेका हौं । त्यसपछि आवश्यकता नपर्न सक्छ । १०–१२ जनाको प्रत्यारोपणपछि विदेशी चिकित्सकको उपस्थिति आवश्यक नपर्ने दिशातर्फ उन्मुख छौं ।

कलेजो प्रत्यारोपण गर्न विदेश धाउनुपर्ने अवस्थाको अन्त्य कहिले होला ?
नेपालमा हालसम्म तीनवटा स्वास्थ्य संस्थामा कलेजो प्रत्यारोपण भएको छ । यसको विस्तार गर्नुपर्ने खाँचो छ । कलेजो प्रत्यारोपणका लागि विदेश जानु नपर्ने दिन छिट्टै आउला भन्ने आसा गरौं ।   

कलेजो बिग्रिने मुख्य कारणहरू के–के हुन् ?
पहिलो नम्बरमा मदिरा (रक्सी) नै हो । त्यसपछि हेपाटाईटीस बी, नन अल्कोहोलिक फ्याटि लिभर पनि कलेजो बिगार्नमा जिम्मेवार मानिन्छ । 
कतिपयमा के कारणले कलेजो बिग्रेको हो भन्ने यकिन नहुन पनि सक्छ । अटो इम्युन रोगले पनि कलेजो बिगार्न सक्छ । जन्मजात नलीहरू नबन्ने र अन्य वंशाणुगत कारणले पनि कतिपय बालबालिकामा कलेजो बिग्रेको पाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.