अस्पतालमा पल्पसा

अस्पतालमा पल्पसा

काठमाडौं : महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको वेड नं ३०५ मा पुग्दा कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ गाह्रो भयो भन्दै छट्पटिँदै थिइन्। छेउमा रहेका आफन्तले ढाडस दिइरहेका थिए। अस्पतालको क्याबिनमा कलाकार तथा मिडियाकर्मीको बाक्लो भीडभाड थियो। पछिल्लो पाँच वर्षदेखि डंगोलको मिर्गौलामा समस्या देखिएको थियो। घरपरिवार र आफन्तलाई समेत थाहा नदिई आफैं उपचार गराइरहेकी पल्पसा एक महिनाअघि एक्कासि गाह्रो भएपछि आत्तिएकी थिइन्। केही कम भएर घर फर्किएकी पल्पसा सात दिनअघि पुनः अस्पताल भर्ना भएकी थिइन्। दुवै मिर्गौला फेल भएपछि उनले नियमित डाइलाइसिस गराइरहेकी छन्। 

डाइलाइसिस गर्ने क्रममा रगत पास हुन नसकेपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको हो। उनले तीन पटक डाइलाइसिस गराइसकेकी छन्। उनका भाइ अजु डंगोलका अनुसार पल्पसाको तत्कालै मिर्गौला टान्सप्लान्ट गर्नुपर्ने अवस्था छ। ‘दुवै मिर्गौला फेल भएपछि नयाँ मिर्गौेला ट्रान्सप्लान्ट गर्नु नै अन्तिम विकल्प हो। ट्रान्सप्लान्ट नगर्दासम्म नियमित डाइलाइसिस गराइरहनु पर्छ। चिकित्सकको सल्लाहमा बस्नुपर्छ’, अजु भन्छन्। 

कानुनी प्रक्रिया पूरा गरेर नयाँ मिर्गौला ट्रान्सप्लान्टका लागि करिब ५० लाख लाग्न सक्ने परिवारले अनुमान छ। हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा अभिनय गरेपछि उनलाई दर्शकले ‘चम्सुरी’का नामले चिन्छन्। उनले दृष्टि नामक सिरियल पनि निर्माण गरेकी थिइन्। उनी सन् १९९५ को मिस नेपालको उत्कृष्ट ५ मा परेकी थिइन्। ४५ वर्षीया पल्पसा दर्जनौं फिल्म तथा टेली सिरियलमा अभिनय गरेकी छन्। थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छन्। अस्पतालमा डायलसिस चलिरहँदा तीन दिन अघिदेखि पल्पसाको स्वास्थ्यमा एक्कासि समस्या आएको थियो। पछिल्लो पटक डायलसिस गर्ने क्रममा रगत पास नभएपछि सकेसम्म छिटो मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले जनाएका छन्। कलाकारिता गरेर नै एकल जीवन बिताउँदै आएकी पल्पसा छोरीसँग बालाजुमा बस्दै आएकी थिइन्। उनी केही वर्षअघि श्रीमान्सँग छुट्टिएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.