भारतमा थप ३० हजारभन्दा बढी नयाँ संक्रमित

भारतमा थप ३० हजारभन्दा बढी नयाँ संक्रमित

भारतमा कोरोना भाइरसबाट नयाँ ३० हजार ९३ जना संक्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। सोमबार भएको संक्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ । भारतमा हाल कुल संक्रमितको संख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ । 

भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या चार लाख ६ हजार १३० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण थप ३७४ जनाको मृत्यु भएको पनि मन्त्रालयले मंगलबार जानकारी दिएको छ । 

कोरोना भाइरसबाट मृत्यु भएकाको कुल संख्या भारतमा अहिलेसम्म चार लाख १४ हजार ४८२ पुगेको पनि सो मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा ४५ हजार २५४ कोरोना मुक्त भएपछि  भारतमा  तीन करोड ३ लाख ५३ हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन्। भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ७३ लाख ४१ हजार १३३ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख ९२ हजार ३३६ जनाको स्वाब परीक्षण जुलाई १९ का दिन भएको छ । 

त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना  भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड १८ लाख ४६ हजार ४०१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.