अमेरिकी सांसद मार्जोरी टेलरले कोभिडबारे गलत सूचना फैलाएपछि ट्वीटरबाट प्रतिबन्ध

अमेरिकी सांसद मार्जोरी टेलरले कोभिडबारे गलत सूचना फैलाएपछि ट्वीटरबाट प्रतिबन्ध

वासिङटन: अमेरिकामा रिपब्लिकन सांसद मार्जोरी टेलर ग्रीनलाई ट्वीटरले अस्थायी रुपमा प्रतिबन्ध लगाएको जनाएको छ ।

ग्रीनको ट्वीटर एकाउन्टले सामाजिक सञ्जालमा कोभिड १९ बारे गलत सूचना फैलाएको भन्दै ट्वीटरले उनको एकाउन्ट बन्द गरिदिएको हो । ग्रीनको ट्वीटर एकाउन्टले सामाजिक सञ्जालको सूचना नीति उल्लंघन गरेको पनि बताइएको छ ।

ग्रीनले हालै ६५ वर्षमुनिका दुब्ला मानिसहरु कोभिड १९ बाट खतरामा नरहेको भन्दै विना प्रमाण ट्वीटरमा सूचना प्रवाह गरेकी थिइन् । उनको यस्तो तर्कको स्वास्थ्यविदहरुबाट कुनै आधार समेत पेश भएको छैन ।

साथै मास्क लगाउन बाध्यकारी गर्न नहुने पनि उनको राय थियो । तर ग्रीनको यस्तो ट्वीटलाई 'भ्रामक' भन्दै ट्वीटरले वर्गिकृत गरेको छ ।

अमेरिकी सरकारले फाइजर, मोडेर्ना र जोन्सनका खोप वितरण गर्दैआएको छ । यीमध्ये कुनै पनि खोप पूर्ण रुपमा अनुमोदित छैनन् । तर विभिन्न अध्ययनले यीनको प्रभावकारिता प्रमाणित गरिसकेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने खोपबारे गलत सूचना प्रवाह गर्नेहरुविरुद्ध कारवाही गर्न सामाजिक सञ्जाल कम्पनीहरुलाई आग्रह गरेका छन् ।

"ट्वीटरको नियम उल्लंघन गरेको, विशेषगरी कोभिड १९ को गलत सूचना प्रवाह नीति उल्लंघन गरेकोमा हामीले ग्रीनको एकाउन्टमाथि कारवाही गरेका छौँ," ट्वीटरका प्रवक्ताले इमेल मार्फत मिडियाहरुलाई विज्ञप्ति जारी गरेका छन् । ट्वीटरको उक्त विज्ञप्ति अनुसार ग्रीनको एकाउन्ट १२ घण्टासम्म बन्द नै गरिनेछ ।

रिपब्लिकन सांसद ग्रीनले पनि फेसबुक लाइभ मार्फत उनको ट्वीटर अस्थायी रुपमा प्रतिबन्धमा परेको जानकारी दिएकी थिइन् । साथै बाइडेन प्रशासनलाई वाक स्वतन्त्रमा नियन्त्रण गरेको आरोप समेत उनले लगाएकी छन् । गत जनवरीमा पनि ग्रीनले चुनावमा धाँधली गरेको आरोप लगाउँदै अफवाह पैलाएपछि ट्वीटरले उनको एकाउन्टमा प्रतिबन्ध लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.