बेइजिङमा ९० प्रतिशत बढी बयस्कलाई दिइयो खोप
बेइजिङ : चीनको राजधानी बेइजिङमा १८ वर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ विरुद्धको दुवै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् । प्राप्त जानकारीअनुसार बेइजिङमा १ करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।
यो संख्या बेइजिङको बयस्क नागरिकको जनसंख्याको ९०.६ प्रतिशत हो । बेइजिङमा ९५ प्रतिशतभन्दा बढी बयस्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइसकिएको छ । त्यहाँ मंगलबारदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहलाई कोभिड–१९ बिरुद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ ।